Pokharapatra National Daily

कोरोना महामारी बिरुद्ध सबै जुट्न सांसद पहारीको अपिल

गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले नेपाल मात्रै नभै संसारलाइ अत्याधिक पीडित बनाइरहेको कोरोना भाइरसलाई परास्त गर्न सबैजना एक भएर लाग्नु पर्ने बताउनु भएको छ ।
पहारीले सिङ्गो मानव सभ्यतालाइनै चुनौती दिइरहेको कोरोना भाइरस बिरुद्ध बिना पुर्बाग्रह सरकारको कदममा साथ दिदै स्वास्थ मापदण्डहरुको पुर्ण पालना सहित सकेको सहयोगका निम्ति आ–आफ्नो ठाउँबाट जुट्न सबैलाई आग्रह गर्नु भएको छ । साम्सद पहारीले सो कुरा कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवाहरुले आजबाट संचालनमा ल्याएको निशुल्क एम्बुलेन्स सेवाको पोखरामा शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो ।
पहारीले यो बेला सरकारको मात्रै भर नपरी आम नागरिकहरु कोरोना नियन्त्रण र उपचारमा सहयोगी हुनुपर्ने भन्दै संक्रमीत र अग्रपंक्तिमा उपचारमा सम्लग्न स्वास्थकर्मीहरुको मनोबल उच्च बनाउने सुचना र जानकारी प्रवाह गर्न सबैलाइ आग्रह गर्नु भयो । पहारिले सरकार र सम्बन्धित निकायहरु जोड्तोडले सम्पुर्ण शक्ति र सामथ्र्य सहित जनताको जिउ र स्वास्थको रक्षार्थ खटिएको जिकिर गर्दै भएका कमिकमजोरी तत्काल सुधार गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
बिराज सुवेदीको संयोजकत्वमा उक्त गाउँपालिकाका युबाहरुले कोरोना सक्रमित बिरामिहरुलाइ यातायात सहजिकरणको निम्ति निशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन । उक्त एम्बुलेन्समा आबश्यक पर्ने सुरक्षाका स्वास्थ्य समाग्री नमस्ते सामुदायिक प्रतिष्ठान नेपालले प्रदान गरेको पहारीका स्वकिय सचिब साजन सुबेदिले जानाकारी दिनु भयो ।
अहिलेको महामारीमा मानबिय सहयोगमा जुट्ने युबाहरुको सर्हानिय कदमलाइ प्रोत्साहित गर्न आफुहरु सहयोगमा जुटेको सो संस्थाका डा. सजिब रेग्मीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्