Pokharapatra National Daily

कोरोनाको कारण गण्डकी प्रदेशमा २८ जनाको मृत्यु

कोरोना फैलिनुमा सामाजिक कार्य मुख्य कारक

गण्डकी प्रदेशको राजधानि पोखरा र प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या बढ्दो रहेको छ । यस अघि पछिल्लो २४ घण्टामा प्रदेशमा २३ जनाको मृत्यु भएको थियो भने शनिबार १४ तर आइतबार भने एकाएक मृत्यु संख्या २८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा पोखराका ६ सहित गण्डकी प्रदेशमा कोरोनाबाट २८ जनाको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाको उल्लेख छ ।
हिमाल पारीको जिल्ला मुस्ताङदेखि पहाड र तराई क्षेत्रका ११ जिल्लाका २८ जना महिला तथा पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाका ७, कास्कीका ६, नवलपरासि पूर्व र बागलुङका २÷२ जना, मुस्ताङका १, म्याग्दीका १, गोर्खाका १, लमजुङका २, तनहुँका ३, काठमाडौं, रुपन्देही र दाङका समेत एक, एक जना पोखरामा उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनीहरु मध्य २ जना होम आइसुलेसनमा मृत्यु भएको छ भने अन्यको स्वास्थ्य उपचार केन्द्र देखि जिल्ला अस्पताल एवं पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए । पछिल्लो चौबिस घण्टामा ७ सय ७७ जनामा गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना संक्रमण देखा परेको उनले जनाए । प्रदेशमा हालसम्म २८ हजार १ सय ८२ जनामा कोरोना संक्रमण देखा परेको डा. शर्माले जनाए । त्यसै गरी स्वास्थ्य कार्यालय म्याग्दी, पर्वत र लमजुङमा गरिएको एन्टिजेन परिक्षणबाट ४३ जनामा कोरोना संक्रमण देखा परेको थियो भने बाँकी पिसिआर विधिबाट नजिता पोजेटिभ आएको निर्देशनालयले जारी गरेको अध्यावधिकमा उल्लेख छ । प्रदेशको जनस्वास्थ्य प्रयोगशाला, ललितपुरको बिध ल्याब, चितवनको चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, धौलागिरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लिमा पिसिआर परिक्षण गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जना, प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा १, चरक मेमोरियल अस्पतालमा ३ जना, गण्डकी मेडिकल कलेजमा ३, मणिपाल शिक्षण अस्पतालमा २, मेडि प्लसमा १, ग्यालेक्सि अस्पताल, बागलुङको धौलागिरी अस्पतालमा १, चितवन मेडिकल कलेजमा २, नवलपरासीको चोरमारा प्रथामिक उपचार केन्द्रमा १, गोर्खाको आँप पिपल अस्पतालमा १ जनाको उपचारकै क्रममा मृत्यु भएको शर्माले बताए ।
दोश्रो लहरको कोरोना संक्रमण समाजिक कार्य बिबाह, ब्रतबन्ध, रुद्री लगायतका कार्यहरुमा मानिसहरुको अत्याधिक भिडभाड हुने गरी वैशाख पहिलो साता धेरै कार्यक्रम भएकोले गर्दा हाल गाँउगाँउमा कोरोना संक्रमणका व्यक्तिहरु संक्रमित भएसंगै मृत्यु समेत हुन थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार केन्द्रका संयोजक डा. शरदचन्द्र बरालले बताए ।
कास्कीको अन्नपूर्ण गाँउपालिकाका प्रमुख युवराज कुवंरले पनि आफुहरुले ख्याल नगर्दा सामाजिक कार्यमा भएको भिडभाडले हाल धेरै गाँउमा कोरोना संक्रमण बढेको बताए । आफ्नो पालिकाबाट कोरोनाले एक जनाको ज्यान लिएको बताएका उनले हाल आफ्नो पालिकामा करिब ३५ जना कोरोना संक्रमित भएको दाबी गरे । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले आफ्नो पालिकामा हाल २ गम्भिर सहित १२ जना कोरोनाका शंक्रमतिका बिरामी भएको बताए ।
पहिलो चरणको कोरोनाबाट एक जनाको ज्यान भएको पालिकामा हालसम्म मृत्यु दर भने बढेको छैन् । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्ष रणबहादुर थापाले आफ्नो वडामा समेत विवाह प्रतबन्ध लगायका सामाजिक कार्यमा अनावश्यक भिडभाड भएकाहरु हाल घर घरमा संक्रमित हुन थालेकोले सोमबार पिसिआर परिक्षण गर्ने बताए । आफ्नो वडामा हाल करिब एक सय भन्दा बढी कोरोना संक्रमित भएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्