Pokharapatra National Daily

गण्डकीमा थपिए ६८० संक्रमित,२३ को मृत्यु

गण्डकी प्रदेशमा थप ६ सय ८० जनामा संक्रमण पुष्टि
भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५८ जनाको नमूना परिक्षण गर्दा प्रदेशका ९ जिल्लामा गरी थप ६ सय ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ संक्रमितमा कास्की ३ सय ६ जना, नवलपरासी पूर्वमा ८७ जना, गोरखामा ७४ जना, पर्वतमा ६१ जना र म्याग्दीमा ५२ जना रहेका छन् । त्यस्तै लमजुङमा ४६ जना, तनहुँमा २७ जना, स्याङजामा २३ जना र बागलुङमा ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३३ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप ४ सय ३१ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ३५ रहेको छ । हाल प्रदेशमा ७ हजार २ सय ५७ जना कोरोनाका सक्रिय बिरामी छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचाररत थप २३ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीको पोखराका १० जना रहेका छन् भने अन्य तनहुँ, बाग्लुङ, स्याङजा र पाल्पा जिल्लाका रहेका छन् । योसँगै प्रदेशमा हालसम्म कोरोनाबाट ३ सय ४१ जनाको मृत्यु भएको छ ।
हाल प्रदेशभर ७ हजार ११ जना होम आइसोलेसनमा बसेका छन् ।

प्रतिकृया दिनुहोस्