Pokharapatra National Daily

पत्रकार पौडेलको कोरोनाको कारण उपचारकै क्रममा निधन

पत्रकार गणेश पौडेलको कोरोनाका कारण उपचारकै क्रममा निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत ४२ बर्षीय पत्रकार पौडेलको बिहीबार बिहान करिब ५ः३० बजे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
उनको यही २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएसंगै अस्पतालको सघन उपचार कक्ष( आई.सि.यू.) उपचार भई रहेको थियो । करिब डेढ दशक देखि उनले क्यामेरामेनको रुपमा (पर्दा पछाडिको हिरो) को रुपमा काम गर्दै आएका थिए । उनको आजै नै अन्तेष्टि गरिदै छ । नेपाली सेनाले उनको शव व्यबस्थापन गरेको हो । उनका एक श्रमिती दुई छोरा रहेका छन्।
यसैबिच, पत्रकार पौडेलले यही वैशाख १३ गते विहान ५ः२५ बजे आफ्नो फेसवुक स्टाटसरमा कोरोनाबाट सचेत रहन आव्हान समेत गरेका थिए । हामीलाई कोभिड १९ भ्याक्सिन सहयोग दिने देशको अवस्था यस्तो छ अनि हामीले भ्याक्सिन लगायौ भन्दै आफुले आफैलाई बढो सुरक्षित सोचेका छौ भने यता पनि अलिकति सोचौ त अब बेला सचेत हुने आएको छ भनेर  ह्दय विधारक अबस्थामा शवहरु तितरवितर र जलाउनै गरेको फोटो समेत उनले पोष्ट गरेका थिए ।

प्रतिकृया दिनुहोस्