Pokharapatra National Daily

मुख्यमन्त्रीमा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्बी सुब्बा गुरुङले बुधबार सपथ ग्रहण एवं पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङलाई आफ्नै निवास पोखरा रत्नचोकमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । यसअघि प्रदेश प्रमुख पौडेलले गुरुङलाई नेपालको संविधान धारा १६८ को उपधारा (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । साथै उनले मुख्यमन्त्रीमा नियुत्त भएकोमा गुरुङलाई बधाई दिदै कार्यकालको सफलताको कामना गरेकी छन् ।
यसैबिच, मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बुधबार साँझ नै पदभार ग्रहण समेत गरे । पत्रकारसंग सक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको कोभिड उपचार कोषमा प्रदेश सरकारले ४ करोड आर्थिक सहयोग गर्ने बताए । अस्थिरता निम्त्याउने खेलमा कांग्रेस गठबन्दन लागेको मुख्यमन्त्री गुरुङको आरोप थियो । उनले आगामी एक महिनामा आफुले सदनबाट विश्वासको मत लिने समेत दाबी गरे । प्रदेश प्रमुखले संवैधानिक बाटो अनुसार आफुलाई नियुत्ति गरेकोे उनको भनाई थियो ।
नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पुराउन नसकेपछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्बी सुब्बा गुरुङ नेतृत्वको पुनः विउतिएको हो । प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् । बैशाख २६ गते राजीनामा गरेका गुरुङ वैशाख २७ र २८ गते कार्यवहाक मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैशाख २६ गते बहुमतको सरकार गठनका लागि दलहरुलाई बुधबार ४ः०० बजेसम्मको समय सिमा सहित आव्हान गरेकी थिइन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा गठबन्दन सरकार बनाउने प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापा साथ नदिई तर्केसंगै गुरुङको नेतृत्वको सरकार ब्यूतिएको हो । मुख्यमन्त्री बनेसंगै गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने छ अन्यथा बहुमतको मत ल्याउन नसके ६ महिना भित्र मध्यावधिक निर्वाचनमा जानुपर्ने छ ।
यसैबिच राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाईएको राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले बताइन् । पार्टीले कारवाही गर्ने सुइको पाएसंगै गठबन्दन सरकारलाई समर्थन गर्नुपर्छ भन्ने दबाब खेप्न नसकेर सांसद थापा आफ्नो घर बाग्लुङ समेत पुगेको बताइन्छ । उनले आफु तटस्थ बस्ने जनाएका छन् । आफु विशेष कामले घर जानु परेको उनले बताए ।
त्यसै गरी जनमोर्चाका खिलबिक्रम शाहीले पनि कुनैपनि गठबन्दन सरकारलाई आफुले साथ समर्थन नगरी तटस्थ बस्ने प्रेस विज्ञेप्ति मार्फत जनाएका छन् । प्रदेशमा ६० सांसद भए पनि एमाले र कांग्रेस गठबन्दन नेतृत्वमा समान २८÷२८ मत भए पनि जनमोर्चाको ३ मत निर्णायक बाडिएकोले नयाँ गठबन्दन सरकार बन्न नसकेको हो । जनमोर्चाकी सचेतक पियारी थापा बाहेक दुई जना तटस्थ बस्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्