Pokharapatra National Daily

राष्ट्रिय जनमोर्चाको निर्णय कुर्दै कांग्रेस सहितको गठबन्दन

प्रदेश सभाको विशेष अधिवेसन अन्त्य

राष्ट्रिय जनमोर्चाको निर्णय कुर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने योजनामा रहेको छ ।
मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको कांग्रेस सहितको गठबन्दनले गुरुङको राजिनामासंगै नयाँ सरकार सहज ढंगले बन्ने आकलन गरे पनि निर्णायक मत रहेको जनमोर्चाले निर्णय नदिदा हाल २८ जनाको हस्ताक्षर संकलन गरेर जनमोर्चाको निर्णय पर्खेर बसेका छन् । आफुहरुसंग २८ जनाको हस्ताक्षर सहित नयाँ गठबन्दन सरकार बनाउने योजनाका साथ तयारी अबस्थामा रहेको कांग्रेस सांसद बिन्दु कुमार थापाले बताए । समय परिस्थिती अनुसार पटक पटक छलफलमा जुट्नु पर्ने भएकोले आफुहरु हाल पोखराको एक होटलमा बाध्य भएर बस्नु परेको उनको भनाई थियो । जनमोर्चाले हाल पर्ख र हेरको अबस्थामा आफुहरु रहेको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले बताए । उनले भने “आज हाम्रो छलफल पनि भएको छैन, प्रदेश सरकार गठनमा हाम्रो मत निर्णाय हुने भएकोले हामीले सोच विचार गरीकन सायद मंगलबार एउटा निर्णयमा पुग्छौं ।” तपाईहरुले पहिलाको सरकारलाई साथ दिनेकी नयाँ गठबन्दन सरकारलाई साथ दिने नयाँ सरकार गठनमा हलो तपाईहरुसंग अड्केको छ नी है भन्ने प्रश्नमा संसदीय दलका नेता थापाले राजनीतिक कुरा यसै भन्न नसकिने भनेर प्रष्ट भन्न चाहेनन् ।
नेकपा एमाले नेतृत्वसँग एक स्वतन्त्र सहित २८ मत रहेको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेस (१५), माओबादी केन्द्र (११) र जनता समाजवादी पार्टी (जसपा)—(२) गरी उनीहरुसँग समेत २८ मत रहेको छ । पहिलाको एमाले नेतृत्वको सरकार बन्दा होस वा गठबन्दन सरकार बन्दा नै किन नहोस उनीहरुलाई जनमोर्चाकै साथ र सहयोग आवश्यक परेको छ ।
नयाँ सरकार बनाउन कम्तिमा ३१ सांसदहरुको हस्ताक्षर आवश्यक पर्छ । मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे) लाई आफ्नो पक्षमा पार्न युवा तथा खेलकुद मन्त्री समेत दिएर आफ्नो पोल्टामा पारेका थिए भने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ गठबन्दन सरकार बनाउने प्रस्ताव सहित सदनमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव समेत पेश भएको थियो । अविश्वासको प्रस्ताप उपरछलफल सहित मतदान समेत गर्ने कार्यतालिका सार्वजिक भएको वैशाख १५ गते जनमोर्चाका सांसद खीलबिक्रम शाही एकाएक हराई अस्पतलाको आइसियू वार्डमा पुगे पछि स्थगित भएको विशेष अधिवेशसन वैशाख २७ गते बस्ने तय भए पछि एक दिन अघि नै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिएका हुन् ।
गण्डकी प्रदेश प्रमुख सिता पौडेलले तीन दिन भित्र दलहरुलााई नयाँ सरकार बनाउन आइतबार आव्हान समेत गरेकी छन् । कांग्रेस, माओबादी केन्द्र सहित जसपाको संसदीय दलको बैठकबाटै नयाँ गठबन्दन सरकार बनाउने निर्णय बमोजिम आफुहरु बमुमत पु¥याएर नयाँ सरकार बनाउने गृहकार्यमा रहेको माओबादी केन्द्रका सांसद रामजी प्रसाद बराल (जीवन) ले बताए । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो टिम समेत नयाँ सरकारको गृहकार्यमा लागेको बताए ।
नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए । विगत १३ दिनदेखि स्थगित भएको सदनको विशेष अधिवेसन अन्त्य भएको छ । गण्डकी प्रदेश प्रमुख सिता पौडेलले गण्डकी प्रदेश सचिवालयमा एउटा पत्र मार्फत प्रदेशको बिषेश अधिनेवन अन्त्य भएको जनाकारी सचिवालयमा गराएको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए । उनका अनुसार राष्ट्रिय जनमोर्चाले पृथ्बी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
जनमोर्चाकी सचेतक पियारी थापाले सचिवालयमा सोमबार पत्र बुझाएकी सचिव पोखरेलले बताए । यदि जनमोर्चाले पृथ्बी सुब्बा गुरुङ नेतृत्वलाई साथ र समर्थन गरेमा गुरुङ नेतृत्वको सरकार पुनः बिउतिने छ ।

प्रतिकृया दिनुहोस्