Pokharapatra National Daily

रोटरी क्लवले गण्डकी अटो मेकानिकलसँगको सहकार्यमा पोखरामा अक्सिजन बैंक स्थापना

कोरोनाको दोश्रो लहरको शंक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ ।
कार्यक्रम संयोजक मिनु कुंवर श्रेष्ठको अध्यक्षतामा आइतबार पोखरामा बसेको बैठकले पोखरामा अक्सिजन ग्याँसको अभावमा कसैले जीवन विताउन नपरोस भन्दै आफुहरुले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेर काम गर्न सुरु गरेको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक अर्जुन खनालले बताए । विभिन्न व्यक्ति तथा कम्पनीहरुसंग रहेका अक्सिजन ग्याँस सिलिण्डर आफुहरुले आजै देखि पोखरा क्षेत्रमा संकलन गर्न थालेको उनले बताए । पछि फिर्ता गर्ने सर्तमा हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन गर्ने र अत्यावसेक पर्ने पोखरा क्षेत्रका कुनै पनि अस्पतालमा समेत आफुहरुले पुराउने गरी हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापनमा आफुहरु जुटे्को खनालले बताए ।
उक्त अभियानमा रेडियो अन्नपूर्णले मिडिया पाट्नरको रुपमा काम गर्ने भएको प्रचार संयोजक खनालले जनाए । उनले भने “कोरोनाका गम्भिर बिरामीको लागि अत्यावसेक अक्सिजन ग्याँस हाल सिलिण्डिरको अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस भन्दै हामीले एउटा अभियान सुरु गरेका छौं यदि तपाईसंंग कुनै अक्सिजनको ग्याँस सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिनु सक्नु हुन्छ, हामी अपिल गर्न चहान्छौं ।” आपतकालिन अबस्थामा कसैले अनावश्य रुपमा अक्सिजन ग्याँस सिलिण्डर भण्डारण नगर्न खनालले आग्रह गरेका छन् ।
सामाजिक उत्तरदाहित्वको लागि रोटरी अभियान, रोटरी जीवनको आसा अन्र्तगत संचालन गरिएको रोटरी मणिपाल कोभिड—सेन्टर समेत संचालन गरिने भएको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक एवं प्रचार संयोजक समेत रहेका खनालले जनाए । मणिपाल शिक्षण अस्पतालको समेत समन्वयमा अस्पतालमा करिब एक सय शैयाको कोभिड सम्बन्धि सम्पुर्ण उपचार हुने भएको उनले बताए । पोखराका ७ वटा रोटरी क्लवहरु रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथ उक्त अभियानमा जुटेका छन्। आइतबार बसेको बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको हो । अर्थ नियन्त्रण संयोजमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापन एवं प्रचार संयोजकमा अर्जुन खनाल, सहयोग सामाग्रि संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल रहेका छन् । महामारीका वेला उक्त अभियानले थोरै भए पनि मलमपट्टीको काम गर्नेमा आफुहरु आशाबादी भएको अभियानका सल्लाहकार विश्वशंकर पालिखेले बताए ।

प्रतिकृया दिनुहोस्