Pokharapatra National Daily

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सहमतिमा सर्वदलीय बैठक

गण्डकी प्रदेशसभाको स्थगित भएको विशेष अधिवेशन वोलाउने बिषयमा बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक ब स्ने भएको छ । मंगलबार दलका नेताहरु बिच भएको सर्वदलीय बैठकबाट उक्त निर्णय भएको नेपाली कागेंस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
वैशाख १५ गते देखि स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बिहीबार बस्ने कार्यव्यस्था परामर्श समितिले मिति तय गर्न सक्ने भएको नेता नेपालीले जनाए । उनका अनुसार थप छलफल गर्न इच्छुक पार्टीले बुधबार समेत सभामुख अधिकारी समक्ष छलफल गर्न सक्नेछन् ।
सभामुख नेत्रनाथ अधिकारीको समन्वयमा मंगलबार उक्त बैठक बसेको हो । मंगलबारको बैठकमा प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, नेपाली कागेंस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओबादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाज पार्टीका हरिशरण आचार्य लगायतको सहभागिता रहेको थियो । वैशाख १५ गते प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ बिरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुने कार्यसूचि समेत भएको दीनमा राष्ट्रिय जनमोर्चाका सांसद खीलबिक्रम शाही हराएपछि स्थगित भएको बिषेश अधिवेसन एक साता देखि पुनः संचालन हुन सकेको छैन् । बिषेश अधिवेसन संचालनकै क्रममा सभामुख अधिकारीले २० मिनेटको लागि स्थगित गरेको अधिवेशन केही घण्टा पछि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले हराएका सांसद खीलबिक्रम शाहीको खोजि गरी सार्वजनीक गरेर मात्र सदन अघि बढाउन दिएको निवेदनको आधारमा सदन स्थगित गरेका थिए । स्थगित भएको विषेश अधिवेसन वोलाउने बिषयमा सोमबार संसद सचिवालयमा बसेको कार्यव्यस्था परामर्श समितिको बैठकले निर्णय गर्न सकेको थिएन् । वैशाख १५ गते हराएका भनिएका सांसद शाहीको चरक मेमोरियल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आइतबार बेलुका डिस्चार्ज भएका सांसद शाही अस्पताल नजिकैको एक सामान्य होटलमा बस्दै आएको जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले बताइन् । पोखराको सम्भवत खर्चिलो अस्पतालमा भर्ना भई आइसियू वार्डमा उपचार भएका सांसद शाहीको डिस्चार्ज भएसंगै सामान्य होटलमा बस्न थालेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । जनमोर्चाका ३ सांसद सक्ता जोगाउने वा नयाँ सरकार परिवर्तन गर्ने त्यसको चाबी चनमोर्चाको हातमा रहेको छ ।
प्रदेश सभामा नेकपा एमालेको २७, १ स्वतन्त्र, कागेंसको १५, माओबादी केन्द्र १२, जसपा २, जनमोर्चाका ३ जना सांसद रहेका छन् । सत्ता टिकाउने बिषयमा केही दिन अघि प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता समेत गरेका थिए ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटायर सिता पौडेललाई नियुत्ति गर्नुलाई प्रदेशको बिषेश अधिवेसनलाई सक्ताधारी दलले आफ्नो स्वार्थ पुर्तिको लागि नियुत्ति गरेको हुन सक्ने राजनितिक बिष्लेषशकले आशंका गरेका छन् ।

प्रतिकृया दिनुहोस्