Pokharapatra National Daily

बाख्रा चराउन गएका कास्कीका युवा भालुको आक्रमणबाट घाइते

बाख्रा चराउन गएका कास्कीका एक युवा भालुको आक्रमणमा परी घाइते भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका –९ सिदिङका ३५ बर्षीय युवा उमानाथ पौडेल भालुको आक्रमणमा परी घाइते भएको माछापुच्छ्रे गाउपालिका वडा नम्बर –९ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले बताए ।
बस्ती भन्दा करिब एक घण्टा पैदल टाडा रहेको नसिपु जङलमा बाख्रा चराउन पुगेका पौडेललाई एकाएक भालुले आक्रमण गर्दा हाल उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको उनले जनाए ।
१२ बर्षका नाताले सालो पर्ने र ८ बर्षीय छोराको साथमा बाख्रा चराउन गएका पौडेल सिदिङको बस्ती भन्दा एक घण्टा टाडाको जंगलमा भालुको आक्रमणमा परी डाँडाबाट हार गुहार गरेर उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुराएको स्थानीय आइतबहादुर क्षेत्रीले बताए । उनका अनुसार भालुले बालकहरुलाई समेत आक्रमण गर्ने भएकोले पौडेलले कराउदै दाइने हातले आँसी चलाएको हुँदा देब्रे पट्टिको भागमा हात र खुट्टामा गम्भिर चोट लागेको हो । पौडेल जस्ता धेरै स्थानीयलाई जंगली जनावरले आक्रमण र दुःख दिने गरेकोले उनीहरुको स्वास्थ्य उपचारको प्रबन्ध निःशुल्क रुपमा गराउनु पर्ने स्थानीय क्षेत्रले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्