Pokharapatra National Daily

अस्पतालमै पुगेर भेटे सांसद थापाले सांसद साहीलाई

मोज मस्ती गर्ने अरु टेन्सन बोक्ने जनमोर्चाः सांसद थापा

गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीलाई राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले स्वास्थ्य अबस्थाको बारेमा प्रत्यक्ष रुपमा भेटेका छन् । पोखराको चरक मेमोरियल अस्पतालको आइसियू वार्डमा उपचार हुदै गरेका सांसद शाहीलाई सांसद थापाले उनको स्वास्थ्य अबस्थाको बारेमा शनिबार अस्पतालमा सामाजिक दुरी कायम गरी भेटेका हुन् ।
शाहीलाई शनिबार विहान ११ः०० बजे चार दिनपछि पहिलो पटक प्रत्यक्ष रुपमा भेटेर संक्षिप्त कुराकानी समेत भएको सांसद थापाले हामीलाई बताए । बुधबार एकाएक बिरामी भई अस्पतालको आइसियू वार्डमा भर्ना भएका शाहीलाई यस अघि जनमोर्चा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतलाई अस्पतालले भेट्न दिएको थिएन् ।
प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान निर्धारण गरिएको वैशाख १५ को सदनमा अनुपस्थित भएका सांसद शाहीलाई चार दिनपछि जनमोर्चाका सांसद थापाले भेटेका हुन् । उनीलाई रिंगटा लागेर भाइको साथमा ट्याक्सिको सहायतामा अस्पताल पुगेको थापाले बताए ।
सांसद शाहीको स्वास्थ्यमा सुधार हुदै आएकोले अब होम आइसुलेसनमा बस्न आफुले उनलाई सल्लाह समेत दिएको सांसद थापाले जनाए । संसद बैठकमा जारी विषेश अधिवेसनको छिटो अन्त्य गर्नुपर्ने उनको माग रहेको छ । उनले भने “अब छिटो अधिवेसन वोलाउनु पर्छ, अन्य दललाई यसबाट फाइदा होला तर जनमोर्चालाई कागलाई वेल पाक्यो हर्ष न विष्मात जस्तै भएको छ ।” के सांसद शाही अब संचालन हुने सदनमा उपस्थित हुनु हुन्छ त भन्ने हाम्रो प्रश्नमा सांसद थापाले शाहीको स्वास्थ्यले साथ दिएमा उहाँ उपस्थित भई पार्टीको निती अनुसार भूमिका खेल्ने दाबी गरे ।
मंगलबार बेलुका प्रदेश सभा परिसरमा गरिएको पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको सांसद शाहीको भोलिपल्ट सदनमा अनुपस्थित भई पोखराको चरक मेमोरियल हस्पतालको आइसियू वार्डमा भर्ना भएका उनलाई अस्पतालले जनमोर्चा नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ लगायतलाई समेत भेटघाट गर्न प्रतिवन्ध गरेको थियो । यसैबिच, सांसद थापाले फेसबुकमा अस्पतालमा बसिरहेका शाही र अस्पतालको फोटो राखेर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाही सदनमा अनुपस्थित भएसंगै गण्डकी प्रदेश सभाको बिषेश अधिवेशसनको तेश्रो बैठक चार दिनदेखि स्थगित भएको छ । बुधबार केही वेर संचालन भएको सदन सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि स्थगित भएको घोषणा गरेसंगै स्थगित भएको सदनमा करिब एक घण्टा पश्चात संसद बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना नै टासेर बैठक स्थगित भएको जनाएको हो । जनमोर्चाका सांसद खिम बिक्रम शाहीको अबस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसुक्नु भएकोले उहाँको अबस्था सार्वजनिक गर्न निजको जीवन रक्षा गर्न निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाइयोस भन्ने पत्रको आधारमा सभामुख अधिकारीले बैठक स्थगित गरेको पत्रमा उल्लेख गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीका सचेतक पियारी थापाले आफ्ना सांसदको खोजि गर्न निवेदन दिएकी थिइन् । यस बिषम परिस्थितीमा निवेदन माथि सम्बोधन नगरी सदन संचालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मको लागि गण्डकी प्रदेश सभाको उक्तको बैठक स्थगित भएको प्रदेश सभा सचिव हरिराज पोखरेलद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको हो ।
सांसद शाहीको पोखराको चरक मेमोरिय अस्पतालमा उपचार भई रहेको छ । मंगलबार बेलुका प्रदेश सभा परिसरमा गरिएको पिसिआर परिक्षणमा नेगेटिभ नतिजा आएको उनको भोलि पल्ट एकाएक बिरामी भई चरकमा उपचार गर्न पुराएसंगै पिसिआर समेत परिक्षण गर्दा भने पोजेटिभ आएको बताइएको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सदन सुरु हुनु पूर्व सांसद शाहीसंग कुराकानी भएको र सदनमा आउने कुरा भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्