Pokharapatra National Daily

पोखरामा पनि कोरोना संक्रमण दर बढ्दो

सरकारी तवरबाट आवश्यक तयारी कमी भएको पोखरेलीको गुनासो

पोखरामा पनि दोश्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएपनि सरकारी स्तरबाट आवश्यक पूर्व तयारीको कमी भएको पोखरेलीले गुनासो रहेको छ ।
कोरोना संक्रमणको प्रभाव एक बर्ष भन्दा पहिले देखि देखा पर्दै आउने क्रममा हाल दोश्रो लहरको कोरोना संक्रमण बढ्दै जादा सरकारी स्तरबाट आवश्यक तयारी निकै कम पोखरेलीले गुनासो गरेका छन् । गण्डकी प्रदेशको राजधानि पोखरामा हाल साविक शिशुवामा रहेको सरुवा रोग अस्पताल (लेखनाथ सामुदायिक अस्पताल) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कोरोनाका बिरामीको उपचार भई रहेको छ यद्यपी आवश्यक तयारी नगर्दा कोरोनाका सिमित बिरामीहरुको लागि मात्र उपचार सरकारीमा भए पनि अन्ततः अन्य बिरामीहरु निजी अस्पतालमा चर्को मुल्य तिर्न बाध्य हुने भएका छन् ।
सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनले हाल आफुहरुको अस्पतालमा ५० जना कोरोनाका बिरामीहरुको उपचार भई रहेको बताए । उनका अनुसार हाल उनीहरु मध्य करिब ५० प्रतिशत जसो गम्भिर प्रकृतिका बिरामीहरुको उपचार समेत भएको छ । ५० वेडको क्षमता भएको सरुवा रोग अस्पतालमा हाल आवश्यक मात्रमा कर्मचारी नहुँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीलाई निकै कठिन भएको प्रमुख डा. गौचनले बताए ।
आफुहरुले कर्मचारीको दरवन्दी माग गर्दै आएको उनले जनाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोनाका बिरामीको उपचार हुन थालेको छ । प्रतिष्ठानमा हाल ओपीडी सेवा सहित कोरोनाका बिरामीहरुको समेत उपचार हुन थालेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । सरकारले ओपीडी सेवा बन्द गरेर ४० प्रतिशत कोरोनाका बिरामीको लागि सेवा दिन दिएको निर्देशन अनुसार हाल आफुहरुले थप ३ सय जना कर्मचारीको व्यबस्थापन गर्नको लागि ओपीडी सेवा संचालन गरेको उनले जनाए । निजी अस्पतालहरुको छाता संस्था अफिन गण्डकी प्रदेशका अध्यक्ष असोक पालिखेले हाल कोरोना डेडिकेट अस्पतालले कोरोनाका बिरामीको लागि उपचार भई रहेको बताए । कोरोनाको शंक्रमण दर बढ्ने आशंकामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, डिआइजि, कास्कीका प्रमुख जिल्ला अधिकारी लगायतलाई कोरोनाको संक्रमण दर समयमै नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग, प्रदेशको वोर्डर राम्दी र मुग्लीनमा चेकिङ गर्न आग्रह गर्दै आए पनि हाल त्यसलाई ख्याल नगर्दा कोरोना भयाभह हुने अबस्था आउन लागेको पालिखेले बताए । उनका अनुसार फागुपूर्णिमा पर्व पछि तराई र भारतीय मुलका नागरिकले विना मास्क पोखरा क्षेत्रमा छ्याप्प छ्याप्ती हिडडुल गर्नाले कोरोना संक्रमण बढेको हो ।
कोरोना खोप र पिसिआर परिक्षण बढाउनु पर्ने अध्यक्ष पालिखेको माग रहेको छ । उनले भने “हामीले धेरै पहिला नै कोरोना संक्रमण बढ्ला भनेर सर्तक रहन आग्रह गर्दै आयौं त्यसको सरकारी स्तरबाट कुनै वास्ता गरिएन त्यसको फल हाल कोरोना संक्रमण दैनिक एक सय भन्दा बढी देखा पर्न थालेको छ पोखरामा मात्र ।”

प्रतिकृया दिनुहोस्