Pokharapatra National Daily

तीन दलद्धारा सभामुख र सांसदहरुको सुरक्षा माग

गण्डकी प्रदेशका सभामुख तथा सांसदहरुको सुरक्षा दिन प्रदेशका संसदीय तीन दलले माग गरेका छन् ।
चरक अस्पतालको सिसिटिभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्नुपर्ने र प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गर्न तीन दलले माग गरेका छन् । गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कागेंस, माओबादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा विहिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको माग गरेका हुन् । सांसद शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न तीन दललले माग समेत गरेका हुन् ।
नेपाली कागेंस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओबादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजबादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञेप्तिमा उल्लेख भए अनुसार सांसद शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृंखलाबद्ध घटनाक्रमले आफुहरुलाई दुखित र आश्चर्यचकित बनाएको छ । सांसद शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच हुनु पर्ने, गण्डकी प्रदेश सभामा मुख्यमन्त्री माथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन शृंखलाबद्ध घटनाक्रमले सडेन्त्र भएको तीन दलले दाबी गरेका छन् ।
लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा २०७८ वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको छ भने जबकि त्यही समय सांसद खीमविक्रम शाही प्रदेश सभा परिसर नदीपुरमा स्वाब दिइरहनु भएको अबस्था भएको तीन दलले प्रश्न उठाएका छन् । एक व्यक्ति एउटै समयम दुई स्थानमा उपस्थित हुन कसरी सम्भव छ ? एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के प¥यो भनेर तीन दलले जारी गरेको विज्ञेप्तिमा उल्लेख छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, तर करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक भएको तीन दलको दाबी छ । २०७८ वैशाख १५ गते दिनको २ बजे फोनमा सम्वाद गरिरहनु भएको सांसद सोही दिन मध्यान्ह १२ बजे पार्टी, संसदीय दल र प्रदेश सभा सचिवालयलाई समेत जानकारी नगराइ आइसियुमा भर्ना गरिएको भनिएको अस्वभाविक कथन र पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु, दुव्र्यवहार गर्नु खेदजनक भएको विज्ञेप्तिमा जनाइएको छ ।
स्वास्थ्यजस्तो मर्यादित क्षेत्रमा पनि आपराधिक प्रवृत्ति मौलाएको सर्वत्र आशंका गरिएको र चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार एवं अविश्वसनीय रहेको कागेंस सम्सदीय दलका नेता नेपालीले जनाए । सांसद शाही भर्ना भएको भनिएको चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहश्यमय रहेको, सरकारका जिम्मेवार व्यक्तिहरुले ,सभामुखप्रति गर्नुभएको दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय र भत्र्सना योग्य भएको तीन पार्टीले जनाएका छन् ।
सांसद शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवयरमा समेत चलखेल गरिनुले यो योजनामा चरक अस्पताल समेत संलग्न रहेको दलहरुको आरोप छ । प्रदेश सभा सदस्यको गरिमामय पदमा रहेको व्यक्तिको स्थिति अज्ञात भएको र तिनको जीवन रक्षाको पहल गरिदिन सम्बन्धित पार्टीले अनुरोध गर्दा पनि तत्कालै सो अवस्थाको सार्वजनिकीकरण नगरी, बन्दी बनाइएको आशंका गरिएको अस्पताल प्रशासनले पार्टीका जिम्मेवार नेताहरुलाई भेट्न नदिँदा समेत जिल्ला प्रशासन मौन, मुकदर्शक र किंकर्तव्यविमुढ हुनुले ठूलो तहबाट गरिएको नियोजित षढ्यन्त्रको सम्भावनालाई इंगित गरेको दलहरुको दाबी छ । प्रदेश सभा सदस्यहरुलाई विभिन्न टेलिफोन नम्बरबाट फोन गरी प्रलोभन दिने, धम्की दिने र उपरोक्त घटना अविश्वासको प्रस्तावसँग सम्बन्धित देखिनुले योजनाको सञ्चालकबारे प्रष्ट संकेत गरेको गरेको काग्रेस, माओबादी केन्द्र र जसपाले आरोप लगाएका छन् ।
यसैबिच, राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खीमविक्रम शाहीले आफ्नो पार्टी प्रति प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्ने दिन बुधबार सदनमा अनुपस्थित भएका सांसद शाहीले अस्पतालको वेडबाटै प्रेस विज्ञेप्ति जारी गर्दै अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन आग्रह गरेका छन्। सांसद शाहीले जारी गरेको विज्ञेप्तिमा उल्लेख भए अनुसार ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै रहेको छ । ”
अविश्वासको प्रस्तावमा प्रायः निर्णायक बनेका सांसद शाहीलाई एकाएक सम्पर्क विहिन गराइएसंगै जनमोर्चाकी संसदीय दलकी नेता पियारी थापाले सदनमा उनको खोजि गरी सार्वजनीक गर्न माग गर्दै निवेदन दिएकी थिइन । निवेदनको आधारमा प्रदेश सभामा संचालन भएको बिषेश अधिवेसनको तेश्रो बैठक अनिश्चित कालको लागि स्थगित भएको हो ।

प्रतिकृया दिनुहोस्