Pokharapatra National Daily

जनमोर्चाका सांसद शाही उपस्थित नहुँदा गण्डकी प्रदेश सभा बैठक स्थगित

सांसद शाही चरक अस्पतालमा

राष्ट्रिय जनमोर्चाका एक सांसद खिम बिक्रम शाही सदनमा अनुपस्थित भएसंगै गण्डकी प्रदेश सभाको विशेष अधिवेशसनको तेश्रो बैठक स्थगित भएको छ ।
बुधबार केही वेर संचालन भएको सदन सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि स्थगित भएको घोषणा गरेसंगै स्थगित भएको सदनमा करिब एक घण्टा पश्चात संसद बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना नै टासेर बैठक स्थगित भएको जनाएको हो । जनमोर्चाका सांसद खिम बिक्रम शाहीको अबस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसुक्नु भएकोले उहाँको अबस्था सार्वजनिक गर्न निजको जीवन रक्षा गर्न निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाइयोस भन्ने पत्रको आधारमा सभामुख अधिकारीले बैठक स्थगित गरेको पत्रमा उल्लेख गरेका छन्। राष्ट्रिय जनमोर्चा पार्टीका सचेतक पियारी थापाले आफ्ना सांसदको खोजि गर्न निवेदन दिएकी थिइन्। यस बिषम परिस्थितीमा निवेदन माथि सम्बोधन नगरी सदन संचालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मको लागि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको प्रदेश सभा सचिव हरिराज पोखरेलद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको हो ।
सांसद शाहीको पोखराको चरक मेमोरिय अस्पतालमा उपचार भई रहेको छ । मंगलबार बेलुका प्रदेश सभा परिसरमा गरिएको पिसिआर परिक्षणमा नेगेटिभ नतिजा आएको उनको भोलिपल्ट एकाएक बिरामी भई चरकमा उपचार गर्न पुराएसंगै पिसिआर समेत परिक्षण गर्दा भने पोजेटिभ आएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सदन सुरु हुनु पूर्व सांसद शाहीसंग कुराकानी भएको र सदनमा आउने कुरा भएको बताएका थिए । सदन संचालन भएको एक घण्टा भन्दा बढी हुदा त्यस पछि उनी सम्पर्क विहिन भएकोले उनीको पहिला खोजि गरिने त्यस पछि स्वास्थ्यका कारण बाहेक अन्य कारण भएमा पार्टीले कारवाही समेत गर्ने भएको थापाले चेतावनी दिएका छन् । सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि बुधबारको लागि दिउँसो १ बजे संसद वैठक आव्हान गरिएको थियो ।
एक जना सांसदको बिषयलाई लियर सभामुखले संसद बैठक नै स्थगित गर्नु नियतवस र ठिक निर्णय नभएको नेकपा एमाले संसदीय दलका नेता मायानाथ अधिकारीले बताए । सांसद हराएको बिषयमा राज्यले गर्नु पर्ने काम संसदले खोजि गर्ने नभएको उनले भनाई थियो । उनले भने “यो बिषयलाई लिएर संसद बैठक स्थगित गर्नु नियतवस र ठिक होइन, हामीसंग समन्वय विना आफु खुसी सदस बैठक स्थगित गर्नु उचित निर्णय भएन नी, हाम्रो परम्परा के छ भने कार्य व्यवस्था परामर्श समितिको सल्लाह बमोजिम निर्णय हुन्छ भन्ने नै छ, केही बिषेश अधिकार सभामुखसंग पनि हुन्छ त्यो हामीले मान्छौं ।”
गण्डकी प्रदेश सभाका शाही सहित ४ सांसदलाई कोरोना संक्रमण देखिएको छ । कोरोना रिपोर्ट पोजेटिभ आउने सांसदमा सत्तारुढ दल एमालेका राजीव पहारी र प्रभा कोईराला छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मनकुमारी गुरुङ छन् । संसद सचिवालयकी १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको संसद सचिवालयले जनाएको छ । मंगलबार एमाले सांसद राजीव पहारीले नै प्रदेश सभासद र सचिवालयका कर्मचारीको कोरोना परिक्षण गरेर मात्र संसद चलाउन माग गरेपछि संसद अवरुद्ध भएको थियो । मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ माथि प्रदेश सभाको विश्वास छैन भनि सभा समक्ष प्रस्तुत भएको अविश्वासको प्रस्ताव उपर छलफल हुने, मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले अविश्वासको प्रस्तावको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धमा जवाफ दिने र अविश्वासको प्रस्तावको निर्णयार्थ पेश हुने बुधबारको कार्य सूचि टाँस गरिएको थियो ।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङ रहेका छन् । कांगेसका १५, मोओवादी केन्द्रका १२ जना, जसपाको २ र जनमोर्चाको ३ जना सांसद रहेका छन्। कागेंस र माओबादी केन्द्रका सांसदहरुलाई पोखराको कुटी रिसोर्टमा राखिएको छ । सांसद खिम बिक्रम शाही बुधबार अचानक १२ बजेदेखि बिरामी भै उपचार भैरहेको र उपचारको सिलशिलामा आफ्नै भाई जुन बिक्रम शाहीसंगै रहेको सांसद शाहीका स्वकिय सचिव मिलन हमालले सामाजिक संजालमा पोष्ट गरेका थिए । उनको मोबाइल अफ छ सबै शुभचिन्तकहरुलाई नआत्तिन हमालले अनुरोध समेत गरेका थिए ।
जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले अस्पतालमा आफ्ना सांसद भेट्न जादा समेत अस्पतालले भेट्न नदिएको गुनासो गरे । उनले सडेन्त्रको गन्त भएको दाबी समेत गरेका छन्। एकै दिनमा गरीएको पिसिआर परिक्षण रिपोर्ट फरक आउनु निकै शंकास्पद भएको विज्ञहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्