Pokharapatra National Daily

सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ ।
कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्यबस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि हार्दिक अनुरोध पनि गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिवाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायहरुसँग जोडदारमाग पनि गरिएको छ ।
संघले उद्योग÷व्यवसायमा फर्कदै गर्दा पुनः‘मिनि लकडाउन’को अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ । ‘सरकारवाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो’,विज्ञप्तिमा भनिएको छ,‘ फेरि लकडाउनहुनु भनेको कोमामा पुगेको व्यापार व्यवसायपूर्ण रुपमा बन्द हुनु हो ।
हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि ।’ विज्ञप्तिमा संकटको वेला उद्योगी ÷ व्यवसायीमाथी दायित्व थपिने उल्लेख गर्दै सुरक्षित रहंदै बजारलाई गतिशिल बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी निति अनुरुप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्