Pokharapatra National Daily

सुनचाँदी गहना निर्माण तालिमको उद्घाटन

गरगहना निर्माणमा महिलालाई पनि सहभागिता गराउनुपर्ने मन्त्री पुन

नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुनचाँदीका गहना बनाउने तालिम पोखरामा शुक्रबार उद्घाटन गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमको अध्यक्षमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यत्रममा मन्त्री पुनले सिकाईले नै जीवन बनाउन सकिन्छ त्यसमाथी सुनचाँदी र यसबाट बन्ने गरगहनाले हामी सम्पन्न देखिन्छौं । मान्छेको चाहना पनि भौतिक निर्माणले सम्पन्न हुनु हो । तर सुसंस्कृत समाज, सभ्य नागरिक निर्माण गर्न सकिएन भने समृद्ध राष्ट्र निर्माण गर्न नसकिने बताइन । साथै उनले सुन र यसका गरगहना निर्माणमा महिलालाई लगाउन सकिएमा प्रत्यक्ष आर्थिक समृद्धिसँग महिला जोडिन्छन् र सबै खाले विभेदको अत्य हुन्छ र समुन्नत समाजको निर्माण हुने बताइन । कार्यक्रममा विशेष अतिथि महासंघका अध्यक्ष माणिकरत्न शाक्यले हामी सहकार्य गरेर यो व्यवसायको विकास गर्न चाहन्छौं सुनचाँदी व्यवसायमा नयाँ पिडी उत्पादन भइरहेको अवस्थामा सरकारको पुरानो ढाँचाले हुदैन । सिप विकास, आयात निर्यातमा राज्यको निति सरल हुनुपर्छ र नयाँनयाँ प्रविधिमा कालीगढ र व्यवसायी जोडिनु पर्ने बताए ।
महासंघको निवर्तमान अध्यक्ष मोहन सुनारले विदेशी कालीगढबाट वर्षेनी अर्वौ रुपैया बाहिरिने अवस्थाबाट मुक्त पाउन यो तालिम संचालन कोशेढुंगा सावित हुने बताउदै सिप र कलाका पारखी कालिगढको विकासमा सरकारको लगानी आवश्यक छ । तिनै तहका सरकारबाट नितिगत रुपमा निर्णय होस तवमात्र गहना संस्कृतिको संरक्षण हुन्छ । महासंघका उपाध्यक्ष विपिन रामुदामुले कुनैपनि पेशामा सिपको महत्व हुन्छ भने हाम्रो पेशाको मुटु नै सिप हो । सिपबाट नै युवाहरुलाई रोजगारीमा जोड्न सकिने बताए । कार्यक्रमका सभापति चन्द्र किशोर गौतमले सदियौदेखि संचालित यो व्यवसायमा राज्यको लगानीबाट प्रत्यक्ष रुपमा पहिलो पटक शिल्पकारी समुदायका भगत सर्वजितको नाममा सरकारले सिप विकास कार्यक्रम मार्फत प्राप्त १४ लाख ९६ हजार रुपैयाबाट यस गण्डकी प्रदेशमा ४० जना नवयुवाहरुलाई तालिम दिइ दक्ष कालिगढका रुपमा उत्पादन गरी यस क्षेत्रमा लाग्ने र युवालाई स्वरोजगार राख्ने र विदेश पलायन हुनबाट रोक्ने योजनाका साथ अगाडि बढेको जानकारी गराउदै उनले सिप विकासमा योगदान दिने विचार राख्ने सवै पक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर सुनार, विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइली, महासंघका सदस्य निर्मल दियाली, नवलपुर जिल्ला अध्यक्ष गोविन्द सुनार, स्वर्णकार कल्याण समितिका अध्यक्ष सुरेन्द्र विश्वकर्मा, उपसभापति जिवन विश्वकर्मा लगायतले पेशागत हितको बारेमा बोलेका थिए ।
साथै सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशद्धारा प्रकाशित २०७८ सालको भित्ते पात्रो मन्त्री पुनले लोकापर्ण गरिएको कार्यक्रमको संचालन सचिव रविन विश्वकर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस्