Pokharapatra National Daily

नेलम्बो नेपालको सहयोग वडा नं १० मा

पोखरा महानगरपालिका वडा नं – १० को बिशेष अनुरोधमा नेलम्बो नेपाल कास्कीद्वारा कोरोना भाईरस तिब्र रूपमा बढ्दै गएको अबस्थामा वडा नं १० का जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरूको स्वास्थ्यको ध्यान राखी कोरोना संक्रमण न्यूनिकरण गर्ने सामागी्र हस्तान्तरण गरेको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं १० का कार्यबाहक वडा अध्यक्ष सम्मर बहादुर श्रेष्ठलाई नेलम्बो नेपालका कर्मचारी किसान कोईराला सहयोग सामागी्र हस्तान्तरण गर्नु भएको कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष सम्मर बहादुर श्रेष्ठले मानबीय सेवामा हरदम लागी पर्ने उदेश्य राखी पोखराको लिचिबोटमा अफिस संचालन गरि हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण न्यूनिकरण गर्न कास्की लगायत वरपरका छिमेकी जिल्लाहरूमा समेत सेवा मा अग्रसर रहेको नेलम्बो नेपाल कास्कीले वडा नं १० सेवा ग्रहीलाई वडामा डकुमेन्ट पेश गर्नु अगाडि नै सेनिटाईजर लगाएर मात्रै पेश गर्न सेनिटाईजर समेत को स्ट्यान्ड, माक्स, सेनिटाईजर, सेनिटाईजर स्प्रे बल र साबुन सहयोग हस्तान्तरण गरि उदाहरणीय काम गरेको श्रेष्ठले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा नेलम्बो नेपाल का कार्यक्रम संयोजक किसान कोईरालाले कोरोना भाईरस पहिलो चरणको भन्दा हाल फैलिएको दोस्रो चरणको भाईरस अलि बढि एक्टिभ भेटको हुदा सर्बप्रथम आफै सचेत रहनु पर्ने बताउनु हुदै कोरोना भाईरस लाई केहि न्यूनिकरण गरान नेलम्बो नेपालले केहि सामाग्रिहरू सहयोग गर्दै आईरहेको र यस वडालाई समेत सहयोग गरि वडामा कोरोना भाईरस संक्रमण न्यूनिकरण होस भन्ने शुभकामना दिए । कोरोना भाईरस संक्रमण न्यूनिकरण सामाग्रि हस्तान्तरण कार्यक्रममा वडा नं १० का वडा सदस्य दिपक बहादुर थापा, वडा सदस्य प्रतिभा बिक पोखरेल, ई.अमिर भन्डारी र नेलम्बो नेपाल कास्कीका कर्मचारी कृष्ण प्रसाद देवकोटा लगायतका बक्ताहरुले आ आफ्नो बिचार राख्दै नेलम्बो नेपालले गरेको सहयोगको प्रशंसा गरे । कार्यक्रममा वडा नं १० का डा सदस्य निशा मल्ल ठकुरीले स्वागत गरेको सहयोग सामागी्र हस्तान्तरण कार्यक्रममा वडा नं १० का कार्यबाहक वडा अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा सहयोगी सस्था नेलम्बो नेपाललाई धन्यबाद ज्ञापन गरि सम्पन्न कार्यक्रममा वडा सचिव हरिकृष्ण आचार्यले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्