Pokharapatra National Daily

पत्रकार महासंघ कास्कीको सफत ग्रहण

नेपाल पत्रकार महासंघले कोरोनाका कारण संचार क्षेत्रहरु प्रभावित भएको र यसबाट केही पत्रकारहरु समेत प्रभावित भएकोले यसको लागि आगामी बजेटमा केही सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल सहितको टोलीले मंगलबार अर्थ मन्त्री बिष्णु पौडेलसंग भेटवार्ता गरी कोरोनाबाट प्रभावित भएका संचार क्षेत्र र पत्रकारको लागि राहत प्याकेज ल्याउन माग गरिएको अध्यक्ष पोखरेलले जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीको पदस्थापना समारोहमा वोल्दै अध्यक्ष पोखरेलले पत्रकार र संचार क्षेत्रको लागि आगामी बजेटले केही न केही राहत प्याकेज आउने गरी अर्थ मन्त्री पौडेलले आश्वासन दिएको उनले जनाए । राहत प्याकेजमा के के रहने भन्ने बिषयमा पछि गृहकार्य गर्ने बिषयमा मौखिक सहमती भएको अध्यक्ष पोखरेलले जनाए । पत्रकारको हकहितको लागि, प्रेस स्वतन्त्रताको पक्षमा, समाचार लेखेकै कारण कुनै पनि पत्रकारले मुद्धा मामिला झेल्न नपर्ने गरी महासंघले उनीहरुको पक्षमा वकालत गर्ने अध्यक्ष पोखरेलले जनाए । चुनावी मैदानमा उत्र्रिदा जुन प्यानल र समुहमा संगठित भए पनि अब महासंघको साझा मुद्धाको रुमपा सवैलाई समेटेर जानसक्नु पर्ने त्यो आफ्नो नेतृत्वले गर्ने उनको दाबी छ । उनले भने “समाचार लेखे पछि चित्त नबुझेमा प्रेस काउन्सिलमा गयर उजुरी गर्न सकिन्छ तर झुटा मुद्धा लगायर पत्रकारलाई प्रेस स्वतन्त्रता माथि हस्तक्षेत गर्न खोजिन्छ भने महासंघले जस्तो सुकै आन्दोलनको ज्वारा भाटा ल्याउन पछि पर्दैन् । ”पत्रकारको क्षमता अभिबृत्ति र सिप सिक्नको लागि हरेक प्रदेशमा आम संचार प्रतिष्ठान स्थापना गरिने भएको पोखरेलले जनाए । केन्द्रिय सदस्य त्रिभुुवन पौडेलले पत्रकारका साझा मुद्धा कान्वयको पक्ष कस्तो हुने भोलिको दिनले बताउने बताए । पत्रकारको सदस्यता वितरण निर्वाचन हुनु भन्दा एक बर्ष अघि नै टुंगाउनु पर्ने बताउदै उनले आफु निरन्तर रुपमा पत्रकारितामा कियाशिल हुने प्रतिवद्दत्ता व्यक्त गरे ।
महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महासंघको साख जोगाउने गरी पत्रकारको हकहितमा लाग्ने निरन्तर रुपमा लाग्ने बताइन्। पत्रकारको कल्याणकारी कोष बृद्धि गर्ने पारिवारीक स्वास्थ्य बिमालाई निरन्तरता दिने भण्डारीले दाबी गरिन्। अध्यक्ष भण्डारीका प्रतिद्धोन्दी केशवशरण लामिछानेले महासंघ अब सवै संघ संगठनको साझा थलो हुनु पर्ने बताए । उनले महासंघले कुनै समयमा आफुलाई कुनै जिम्मेवार दिए त्यसलाई पुरा गर्ने वचन दिए ।
निर्वाचन कमिटिका संयोजक वद्रीविनोद प्रतिकको अध्यक्षतामा सम्पन्न भएको सपथग्रहण कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष उमनाथ शर्मा सहित संस्थापक एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । महासंघका पदाधिकारी सहितका सदस्यलाई आफ्नो ४ बर्षीय कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले धन्यवाद सहित मायाको चिनो प्रदान गरे । उक्त अवसरमा राष्ट्रिय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्