Pokharapatra National Daily

गोरखामा विवेकशील साझा पार्टीको जिल्ला समायोजन

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले गोरखास्थित गोरखाबजारमा शनिबार एक भेलाको आयोजना गरी गोरखा जिल्ला कार्यसमितिको समयोजन गरेको छ ।
साबिक दुवै दल विवेकशील नेपाली दल र साझा पार्टीको जिल्ला समितिहरूको संयुक्त बैठकले सिफारिस गरेको अधारमा कार्यसमितिलाई भेलामा घोषणा गरिएको हो । गोरखाको समायोजित कार्यसमितिको संयोजकमा किशोर रेग्मी चयन भएका छन् । संयोजक रेग्मी यसअघि गण्डकी प्रदेश समिति सदस्य हुन् । समायोजनपश्चात् विवेकशील साझा पार्टीको गोरखा जिल्ला समिति १६ सदस्यीय बनेको छ । सदस्यहरूमा सुन्दर गुरुङ, दीपेन्द्र लामिछाने, धनबहादुर अधिकारी, शोभा बिक, बुद्धक थापा, हरि पोखरेल, भुवन बन्जरा, सुजन बस्नेत, राजकुमार अम्गाई, आषिम पोखरेल, सजिना बन्जरा, अन्जन श्रेष्ठ, समिर गुरुङ, रिजन रानामगर र रामकुमार श्रेष्ठ रहेका छन् ।
घोषणा सभालाई विशेष सम्बोधन गर्दै विवेकशील साझा पार्टीका गण्डकी केन्द्रीय सदस्य तथा संगठन विभाग उपप्रमुख प्रदीपकुमार थापाले दुई वैकल्पिक पार्टीहरू एक भएपछि गण्डकी प्रदेशभित्र संगठन बिस्तार द्रूत गतिमा अगाडि बढेको बताए । त्यसैगरी नवघोषित गोरखा जिल्ला संयोजक किशोर रेग्मीले विवेकशील साझा पार्टीलाई गोरखाका हरेक स्थानीय तहमा संगठन बिस्तार गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सहसंयोजक तथा केन्द्रीय सदस्य जमुना शर्मा, त्यसै गरी केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, सुशीला केसी अधिकारी, रजनी केसी, पवित्रा थापा, नवराज थापा र शिशिर बन्जरा, गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारी, तनहुँ जिल्ला संयोजक सागर घिमिरे, नेताहरूले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।
गण्डकी प्रदेश समितिले यही आइतबार लगत्तै स्याङ्जामा जिल्ला कार्यसमिति घोषणा गर्दैछ र त्यसको तयारी पूरा भइसकेको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्