Pokharapatra National Daily

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजनाहरु सम्पन्न हुने चरणमा

गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यस आर्थिक बर्ष २०७७÷०७८ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतका केही योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) र प्रदेश सांसद डा.पुष्पा केसी भण्डारीको क्षेत्रमा परेका २५ वटा योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको सांसद बरालले बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पोखरा महानगरका अधिकांश योजना सम्पन्न भएका छन भने कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा छनौट भएका केही योजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको सांसद बरालले बताए । कृषि, पर्यटन सहितका क्षेत्रमा समेटिने गरी २ करोड बजेटको लागि साना ठुला गरी २५ वटा योजना छनौट भएको थियो । स्थानिय जनताको आवश्यकताको आधारमा छनौट भएका योजनाहरु उनीहरुको सक्रियतामा छनौट भएका योजनाहरुको अधिकांश योजनाहरुको निर्माण कार्य सम्पन्न भएको सांसद बरालले जनाए । पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वटा वडा र कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा सर्वसम्वत रुपमा योजना छनौट गरिएको थियो ।
पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले योजना सम्पन्न भए पश्चात अनुगमन टोलीले योजनाको अनुगमन भए पछि मात्र भुक्तानी हुने बताए । कास्की क्षेत्र नम्बर ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका ५० प्रतिशत भन्दा बढी योजना सम्पन्न भएको कार्यालयका इन्जिनीयर प्रदीप पौडेलले बताए ।
यसैबिच, शुक्रबार सांसद बरालले माछापुच्छ«े ३ को खरीवोट भलावोट बाटो विस्तार योजना तथा सडक ढलान कार्यको अवलोकन गरेका छन्। उक्त योजनामा ८ लाख ५० हजारको बजेट विनियोजन भएको खरिवोट भलावोट बाइस धारा बाटो विस्तार योजनाका अध्यक्ष प्रकाशमोहन पोखरेलले बताए ।
त्यस्तै सांसद बरालले भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिद प्रकृया सम्पन्न भएकोले उक्त योजना समेत अवलोकन गरेका थिए । उक्त योजनामा ३ लाख ५० हजार विनियोजन भएको थियो । त्यस्तै सांसद बरालले भेवाडारीमा हाल निर्माण हुदै गरेको मोटरेवल पुलको समेत अवलोकन गरेका थिए ।

प्रतिकृया दिनुहोस्