Pokharapatra National Daily

शहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० मा कागेश्वरी मनोहर नगरपालिका

पोखरा महानगरपालिका शहरी स्वास्थ्य महा शाखा द्वारा संचालित शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं –१० मा वडा समिति कार्यालय वडा नं को सहकार्यमा कागेश्वरी मनोहर नगर पालिका वडा नं ८ र ९ का अध्यक्ष, सदस्य, सचिव, स्वास्थ्य कर्मि र महिला स्वयम सेवीका लाई एक कार्यक्रमका साथ स्वागत गरियो ।
पोखरा महानगरपालिका वडा नं १० का कार्यबाहक वडा अध्यक्ष सम्मर बहादुर श्रेष्ठ को सभापतित्वमा वडा समिति कार्यालय वडा नं १० र शहरी स्वास्थ्य सेवा केन्द्रमा कागेश्वरी मनोहर नगर पालिका वडा नं ८ र ९ का भ्रमण टोलीका २३ जना लाई फुल र खादा द्वारा स्वागत गर्दै वडा कार्यालय को काम कार्य वडालले गरेका सेवा सम्बन्धी जानकारी गराउदै शहरी स्वास्थ्य सेवा केन्द्र संचालन, महिला स्वास्थ्य सेबीकाहरूको काम कर्तव्य अधिकारका विषयमा छलफल गर्दै वडा नं १० र कागेश्वरी मनोहर नगर पालिका वडा नं ९ संग मैत्री भाब राखी मितेरी सम्बन्ध बढाउदै जाने वडा न १० का कार्यबाहक वडा अध्यक्ष सवम्मर बहादुर श्रेष्ठ बताउनुभयो । स्वागत र अनुगमन कार्यक्रममा कागेश्वरी मनोहर नगर पालिका वडा ९ का वडा अध्यक्ष कुन्दन खड्का ले आफ्नो वडामा रहेका महिला स्वयम सेवीकाहरूले वडामा रहेका स्थानिय बासीहरुको पर्नसक्ने स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न अग्रसर हुने गरेको र वडा बाट केहि भत्ताको व्यवस्था मिलाएको बताउनु हुदै मनाङ्ग, मुस्ताङ्ग, जोमसोम, बाग्लुङ्ग हुदै पोखरा आउने क्रममा वडा नं १० मा रहेको महिला स्वयम सेवी हरूले गरेको काम प्रसंसा स्वरूप आफ्नो वडाले स्वयम सेवी लाई एक कार्यक्रमका साथ केही भत्ताको व्यवस्था मिलाएको बताउनु हुदै पोखराको वडा नं १० संग वडा संचालन, स्वास्थ्य र महिला स्वयम सेवीका संगको अनुभब आदान प्रदान गर्न पाएको बताउनु भयो । उक्त अनुगमन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य निशा मल्ल ठकुरी,वडा सदस्य प्रतिभा बिक पोखरेल, वडा सदस्य दिपक बहादुर थापा, कागेश्वरी मनोहर नगर पालिका वडा नं ९ का वडा सदस्य डोलनाथ पोखरेल, सारा पुर्कोटी, वडा नं ८ का वडा सचिव सविना कुमारी श्रेष्ठ, यसैगरी वडा न ९ का वडा सचिव संगीता घिमिरे, गोठाटार स्वास्थ्य चौकीका प्रमुख रजनि खड्का लगाएतका ब्यक्तिहरुले आ आफ्नो बिचार राख्नु भयो ।
कार्यक्रम मा पोखरा महानगरपालिका वडा १० र कागेश्वरी मनोहर नगर पालिका वडा नं ८ र ९ का स्वास्थ्य कर्मि, महिला स्वयम सेवीका समेत ६० जनाको सहभागितामा सम्पन्न कार्यक्रम पोखरा –१० महिला स्वयम सेवीका शोभा पहारीले स्वागत गरेको २ वडा बिचको अन्तर क्रिया कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–१० का कार्यबाहक वडा अध्यक्ष सम्मर बहादुर श्रेष्ठ को सभापतित्वमा सम्पन्न कार्यक्रमको शहरी स्वास्थ्य सेवा केन्द्र वडा नं १० का प्रमुख समुन्द्र केसीले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्