Pokharapatra National Daily

यो सरकार रहुन्जेल अराजक र सर्वसक्तावाद हावी हुन्छ नेता डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालेजति दिन यो सरकार रन्हन्छ उत्तिनै अराजक र सर्वसक्तावाद हावी हुने बताएका छन् । प्रेस यूनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता डा. कोइरालाले अहिलेको सरकारले संविधान मिच्ने काम गरेकोले यो सरकारको विकल्प आवश्यक भएको बताउदै यो सरकार रहन्जेल अराजक र सर्वसक्तावाद हावी हुने दाबी गरेका हुन् ।
कागेंसको नेतृत्वमा सरकार बनायर निर्वाचनमा जानु पर्ने उनको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो नेतृत्वमा निर्वाचन गराउन खोजेको नेता डा. कोइरालाले जनाए ।उनले भने “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिती हेर्दा नेपाली काग्रेंसको नेतृत्व सवैले स्विकाछन्, यो सरकारकोविकल्प कागेंसले नै दिनुपर्छ ।” जनता समाजवादी पार्टी (जसपा) निर्वाचन खोजि रहेको बताएका नेता डा. कोइरालाले नेकपा एमालेसंग जसपाले जुन रुपमा गठवन्दन गर्न खोजेको छ त्यो प्रतिवादक हुन्छ की भन्ने आशंका समेत व्यक्त गरे । जसपाका मुद्धा कागेंसले स्विकारीसकेको बताएका उनले जसपा आएमा भोलि नै नयाँ सरकार बन्ने नेता डा. कोइरालाको भनाई थियो ।
आउँदो भदौं ७ देखि १० गतेसम्म नेपाली कागेंसको १४ औं महाधिवेसन अब कसैले रोकेर रोक्न सक्ने अबस्था नभएको उनले जनाए । निर्वाचन मंसिरमा वा चैतमा हुनु पर्ने नेता डा. कोइरालाले बताए । संविधानलाई बचाउने जिम्मा यसलाई अघि बढाउने जिम्मा, संसदीय व्यबस्थालाई अगाडी लैजाने जिम्मा कागेंसको काधमा आएको कुरा बुझ्नु पर्ने उनले जनाए । संसद पुनः स्थापना भएको दिनबाटै राजिनामा माग्नु पर्ने कागें्रसले ढिलै भए पनि प्रधानमन्त्रीको राजिनामा मागेको नेता डा. कोइरालाले बताए । कागेंसको नेतृत्वमातीन दलको बैठक भरखरै गरेको बताएका उनले कागेंस अब गम्भिर भएर लाग्नु पर्ने उनको भनाई थियो । संवैधानिक परिषदको जसरी अध्यादेश आयो र त्यो अध्यादेश पछि नियुत्तिहरु भए त्यसले कागेंस पार्टी सभापति पनि जनताको घेरामा त पर्नु भयो यो पक्कै हो, कागेंस प्रष्ट हुनु पर्यो, अध्यादेश ल्याउनु संविधान माथि प्रहार हो ।” अध्यादेश खारेज भए पछि नियुत्ति समेत खारेज हुने उनको भनाई थियो । संसद पुनः स्थापना भएसंगै ट्याक बाहिर गएको संविधान ट्याकमा आएको नेता डा. कोइरालाले बताए । संसद अनिर्णयको बन्दी बनि सक्यो एक महिना देखि संसदले कुनै बिज्नेस दिन नसकेको उनले दाबी गरे । विज्नेस संसद र सभामुखले दिने नसके पछि संसदको हौचित्य नै नभएको डा. कोइरालाले टिप्पर्ढी गरे । कागें्रसको महाधिवेसनमा सभापति बाहेक अन्य पदमा आफ्नो उमेदवारी नहुने उनले जनाए । उनले भने “विधि विधानलाइ टेक्नु पर्यो गरेको निर्णय पालना गर्नु पर्यो, ४ बर्षीय कार्यकाल सकेर पनि ६ महिना म्याद सहित पुनः ६ महिनाको समय सकिन लाग्यो अब कागेंसको महाधिवेशन हुनै पर्छ, विधानतह म कागेंसको केन्द्रिय सदस्य पदमा रहेको छैन् ।” केन्द्रिय सभापति देखि वडा अध्यक्षसम्मकाको विधानतह समय सिमा सकिएको नेता डा. कोइरालाले बताए । कृयाशिल सदस्यकहरुको अप्ठ्यारा भएको उनले जनाए । प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस्