Pokharapatra National Daily

गण्डकी प्रदेश स्तरीय फोटो प्रतियोगितामा प्रेम सहित ५ जना पुरस्कृत

गण्डकी प्रदेश स्तरिय फोटो प्रतियोगितामा फोटो पत्रकार प्रेम थापा सहित उत्कृष्ट ५ जना पुरस्कृत भएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा ४ सय ९५ फोटो मध्य उनीहरुलाई सर्वोत्कृष्टको रुपमा पुरस्कृत गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए । पुरस्कृत हुनेहरुमा फोटो पत्रकार थापा सहित तनहुँका प्रेयजंग आले मगर, पोखराका किरण अधिकारी, नेपाली सेनाका क्याप्टेन विजय गौतम र काठमाण्डौंका सिरिस वि.सी. रहेका छन्। उनीहरुलार्इं आइतबार पोखरामा आयोजित एक समारोहका बिच नगद जनही ८ हजार ५ सय सहित सम्मान पत्रको साथमा सम्मान गरिएको भण्डारीले जनाए ।
प्रतियोगितामा ४ सय ९५ वटा विभिन्न पर्यटकीय गन्तव्य सहितका सांस्कृतिक भेषभुष सहितको तष्विर प्राप्त भएको उनले जनाए । बोर्डले आवश्यकताको आधारमा उक्त तष्विर प्रयोग हुने भएको प्रमुख भण्डारीले जनाए । संकलित फोटोहरु फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा र पर्यटन बोर्डका अधिकृत बिमल कडेंल सहितको तीन सदस्य प्रतिभा छनौट समितिले ४ सय ९५ वटा फोटोबाट ५ जनालाई उत्कृष्ट फोटोको रुपमा छनौट गरेको हो । उक्त फोटो प्रतियोगिताले यस प्रदेशका सम्भावना भएका पर्यटकीय गन्तव्यहरुको पहिचान संरक्षण गर्नुपर्ने सन्देस दिएको परिषदका महासचिव शर्माले बताए । शव्दले उल्लेख गर्न नसकिने हजारौं कुरा एउटा तष्विरले प्रष्ट पार्ने भएकोले फोटोको महत्व धेरै रहेको फोटो पत्रकार संघ कास्कीका अध्यक्ष गुरुङले जनाए ।

प्रतिकृया दिनुहोस्