Pokharapatra National Daily

नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा

नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो ।
साधारण सभाले सचिव निशा भण्डारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
नेपाल परिवार नियोजन संघ केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले कार्यक्रमको उद्घाटन गर्दै समय अनुसार सेवाको रुप परिवर्तन गर्दै जानुपर्ने बताए । उनले प्रजनन् स्वास्थ्यको क्षेत्रमा संघले २० प्रतिशत योगदान गरेको चर्चा गरे । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्यले शिक्षा र स्वास्थ्यलाइ कम प्राथमिकतामा राखेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य ज्योति श्रेष्ठ, गण्डकी प्रदेश संयोजक उमेशराज पराजुली, पूर्व अध्यक्ष महेशरत्न शाक्य, संस्थापक सचिव डा.सोमतसिंह तुलाचन लगायतले वोलेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति नविन सिग्देलले स्वागत र सचिव निशा भण्डारीले संचालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्