Pokharapatra National Daily

महिला उद्यमी संघ कास्कीको ‘आर्थीक रुपान्तरणमा महिला’ विषयक तालीम

महिला उद्यामी संघ नेपाल कास्कीको आयोजनामा ‘आर्थीक रुपान्तरणमा महिला’ विषयक तालिम शनिबार सम्पन्न भएको छ ।
उद्यमी महिलाहरुको अग्रहणी संस्था महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा कास्कीका उद्यमी महिलाहरुका लागि आर्थीक रुपान्तरणमा महिला विषयक तालीम सम्पन्न भएको हो । महिलाहरुले आफ्नो व्यक्तिगत ब्राण्डलाई कसरी विकास गर्ने, नेतृत्व क्षमतामा कसरी अगाडि बढ्ने र आर्थीक रुपमा अझ सशक्त हुनुपर्ने कुरामा प्रशिक्षकले जोड दिनु भएको थियो ।
आफू को हो पहिचान गर्ने, आफू भित्र भएका क्षमताहरुलाई बाहिर निकाल्ने र वास्तविक खुबी अनुसारको पेशा, व्यवसाय वा उद्यममा लाग्नुपर्ने विषयमा सुसूचित गर्दै संचालन भएको उक्त तालिममा प्रशिक्षार्थीहरु निकै उत्साहित र संवेदनशिल बनेका थिए । विभिन्न किसिमका खेलहरु खेलाउदै रमाइलो वातावरणमा विषयवस्तु केन्द्रीत उदाहरण सहित तालीम अगाडि बढेको थियो ।
अहिलेसम्म कैयौ तालीममा सहभागी भएतापनि यस्तो उपलब्धी मुलक तालीम पहिलो पटक भएको प्रशिक्षार्थीले बताएका थिए । तालिममा प्रशिक्षक उषा मल्ल सिंहले सहजीकरण गर्नु भएको थियो । तालीम अवधिमा प्रश्नोत्तर सेसनमा उत्कृष्ट उत्तरदाता सहभागीलाई पुरस्कारको व्यवस्था प्रशिक्षकको तर्फवाट भएको थियो ।
संस्थाका अध्यक्ष पार्वती पौडेल रेग्मीको अध्यक्षता भएको कार्यक्रम प्रथम उपाध्यक्ष प्रतिभा गैह्रेले संचालन गरेकी गर्नुभएको थियो । कोषाध्यक्ष चन्द्रा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्वतमान अध्यक्ष काशी गुरुङले शुभकामना व्यक्त गर्नु भएको थियो । कास्की जिल्लाका विभिन्न वडाहरुबाट फरक फरक क्षेत्रका ५० जना महिला उद्यमीहरु तालीममा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्