Pokharapatra National Daily

पत्रकार महासंघ कास्कीमा पहिलो महिला नेतृत्व विजयी

कास्कीमा पहिलो पटक महिला नेतृत्व विजयी भएकी छन् । यही चैत २५ गते नेपाल पत्रकार महासंघ कास्कीको सम्पन्न निर्वाचनमा ५३ मत अन्तरले पराजित गर्दै विमला भण्डारी विजयी भएकी हुन्। पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी हुन् ।
प्रेस संगठन र प्रेस यूनियको संयुक्त प्यानलबाट उमेदवारी दिएकी भण्डारीले १ सय ७४ मत ल्याउदै विजयी भएकी हुन् । प्रेस चौतारी सहितको केही संगठनको संयुक्त प्यानलबाट उमेदवारी दिएका केशवशरण लामिछानेले १ सय २१ मत ल्याएका थिए । भण्डारी यस अघि कास्कीको उपाध्यक्ष पदमा रहेकी थिइन भने लामिछाने पूर्व सदस्य हुन् । त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १ सय ७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१ सय ५१) मत ल्याएर निर्वाचित भईन भने उनकी प्रतिद्धन्दी रविना आलेले ८ मत कम ल्याइन् ।
त्यस्तै सचिवमा माधव बराल ले १ सय ५५ मत ल्याउदै विजयी भए भने उनका प्रतिष्प्रर्धी दीपक परियारले भने १ सउय ४१ मत ल्याएका थिए । सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७), कोषाध्यक्षमा कृष्ण दवाडी (१७७), महिला सदस्यमा सपना अधिकारी (१४८), दलित सदस्यमा बिजय नेपाली (१५६), आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७), समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यमा गीताराना मगर (१२९), धनबहादुर गुरुङ (१५२), प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८),सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ(१३१) र हरी पन्त (१३५) मत पाएर विजयी भएका छन् ।
त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६), कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् । कास्कीमा ३ सय १२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका निर्वाचन कमिटिका संयोजक बद्रीविनोद प्रतिकले बताए ।

प्रतिकृया दिनुहोस्