Pokharapatra National Daily

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा शर्मा विजयी

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा १ सय २४ मत अन्तरले निर्वाचित भएका छन् ।
प्रेस यूनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्र्रिएका शर्माले प्रेस चौतारी सहितका संगठनहरुको संयुत्त प्यानलबाट प्रतिष्प्रर्धामा आएका दीपेन्द्र श्रेष्ठलाई १ सय २४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । बुधबार भएको निर्वाचनको बिहीबार भएको मतगणनामा शर्माले प्रदेशका ११ जिल्लाबाट ५ सय ३८ मत प्राप्त गरेका थिए । श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस अघि शर्मा महासंघ प्रदेशमा उपाध्यक्ष थिए भने श्रेष्ठ पत्रकार महासंघ कास्कीको अध्यक्ष थिए ।
यस्तै उपाध्यक्षमा ५ सय २२ मत ल्याउदै दीपक भट्टराई विजयी भए । भट्टराईका प्रत्यासी इन्द्रप्रसाद पौडेलले ४ सय ८ प्राप्त गरेको निर्वाचन समितिका कोमलनाथ बरालले जनाए । उपाध्यक्ष महिलामा सोनी शर्माले शान्ति गुरुङलाई १ सय ६८ मत अन्तरले पराजित गरिन् । सोनीले ५ सय ५२ मत प्राप्त गर्दा गुरुङको पक्षमा ३ सय ८४ मत परेको छ ।
महासचिवमा गोविन्दप्रसाद सुवेदी भारी मतले बिजयी भए । उनले ५ सय ७३ मत ल्याउँदै विजयी हुँदा उनका प्रत्यासी दिल श्रीषले ३ सय ७६ मत प्राप्त गरे ।
खुला सचिवमा यदुनाथ बञ्जारा विजयी भए । उनले ५ सय ९२ मत ल्याए भने प्रकाशचन्द्र भट्टराईले ३ सय ४३ ल्याए । समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ कैलास ५ सय २४ मत ल्याउँदै निर्वाचित हुँदा उनका प्रत्यासी रुद्र श्रीष मगरले ४ सय १० ल्याएका छन् ।
कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले ४ सय ५३ मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शालिकराम कोइरालाले २ सय ७७ र स्वतन्त्र उमेदवार सागरराज तिमिल्सिनाले २ सय ५ मत प्राप्त गरेका छन् । खुला ७ सदस्यमा प्रदीप पौडेल ६६७, सुनिल पाण्डे ६२६, ताराप्रसाद शर्मा ६०९, परशुराम शर्मा आचार्य ६०६, प्रकाश डोटेल ६०५, लोकेन्द्रबहादुर सुनार ५३४ र रमेश बस्ताकोटी ५३२ निर्वाचित भए । सदस्यमै भीमपाणि बराल ४१८, सूर्यप्रसाद बास्तोला ३८९ र कृष्ण कँडेल ४०८ पराजित भए ।
महिला ३ सदस्यमा रञ्जिता शर्मा ५५५, राधिका शर्मा कँडेल ६१८ र रोशन गुरुङ ५६९ निर्वाचित हुँदा कविता श्रेष्ठ ४१९ र स्मीता अधिकारी ३७२ पराजित भए ।
दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला) ५२० मत ल्याउँदै निर्वाचित भए । दलित सदस्यमा रविना बोहरा ३९० पराजित भइन् । आदिवासी जनजाति २ सदस्यमा रुद्रबहादुर थापा ५७० र रामजी राना ५४९ निर्वाचित भए । जनक श्रेष्ठ २८९ र विनाकुमारी थापा विनु ३७७ पराजित भए । सदस्य अल्पसंख्यकमा पदम छन्त्याल ५५४ निर्वाचित भए । उनका प्रत्यासी श्रीकान्त सापकोटाले ३६२ मत ल्याए । प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।

प्रतिकृया दिनुहोस्