Pokharapatra National Daily

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ को डिस्ट्रिक्ट गभर्नरमा विश्वेश्वर आचार्य निर्वाचित

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको शनिबार पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट आगामी लायन वर्ष २०२१–२२ को डिस्ट्रिक्ट गभर्नरमा लायन विश्वेश्वर आचार्य निर्वाचित भएकाछन् । आईडि इन्डोर्सीमा लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएकाछन् ।
यस्तै प्रथम भाइस गभर्नरमा महेन्द्र पौडेल तथा द्वितीय भाइस गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्विरोध निर्वाचित भए । डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित आचार्य नोभेल एकेडेमी पोखराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै लायन वर्ष २०२१÷२०२२ का लागि डिस्ट्रिक्ट गभर्नर आचार्यले विभिन्न पदहरुमा लायन लिडरहरुलाई मनोनित गरेका थिए । सोही बमोजिम डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन दुर्गाप्रसाद हुमागाई र क्याबिनेट ट्रेजररमा लायन पृथ्वीराज तिमिल्सिना मनोनीत भए । सचिवमा मनोनीत हुमागाई सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक हुन् ।
त्यस्तै प्रमुख सल्लाहकारमा लायन राजेन्द्र बाटाजु, डिस्ट्रीक्ट चिफ पिआरओमा लायन उदयकुमार नेपाल, लङरेन्जप्लानिङ कमिसन चिफ रामबहादुर बसेल, लायन्स प्रोजेक्ट्स म्यानेज्मेन्टचिफमा ध्रुव श्रेष्ठ, चिफ डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटरमा चण्डी प्रसाद अर्याल, चिफ एम्बास्डर अफ गभर्नरमा रामचन्द्र पोखरेल छन् । यस्तै, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटरमा गण्डकी–धौलागिरिमा किशोर बराल, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर वाग्मतीमा अरुण लामिछाने, वेलफेयर बैंक चिफमा मिलन थापा, सस्टेनेवल डेभलपमेन्टगोल चिफमा राम बहादुर (आरबी) अधिकारी, लिडरसीप एकेडेमी चिफमा सुचित्रा थापा मनोनीत भएको बताइएको छ । लियो डिस्ट्रिक्ट प्रेसिडेन्टमा प्रकाश थापा निर्वाचित भए ।
कन्भेन्सनमा करिब ४ हजार लायन्स सदस्यहरुको सहभागिता थियो । होस्ट क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज थियो । नवौं कन्भेन्सनको पूर्व सन्ध्यामा पोखरामा सरसफाइ कार्यक्रम, पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष) अन्तरगत २ सय ८० ट्रस्टिद्वारा ४ सय ९० जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । कन्भेन्सन सम्पन्न गर्न २८ उपसमिति गठन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्