Pokharapatra National Daily

बजाज शुन्य अफरमा नारान परियारले जिते १ लाख

बजाज शुन्य अफरमा पोखरा– १५ कास्कीका नारान परियारले १ लाख जितेका छन् ।
बजाज अफर अन्तर्गत नयाँ बर्षको ‘वजाज शुन्य अफर’मा बिहीबार डिस्कभर १२५ सि.सि. को मोटरसाईकल खरिदमा उनले १ लाख जितेका हुन् ।
सो अवसरमा संस्थाबाट मो.सा.को हस्तान्तरण हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिका रिजनल अफिसर संजिव खनालले गरेका थिए । पोखराको बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्स प्रा.लि.का प्रबन्धक भगवान विजुक्छेले १ लाख नगद रकम नारान परियार लाई प्रदन गर्दै हार्दिक बधाई दिएका थिए ।

प्रतिकृया दिनुहोस्