Pokharapatra National Daily

पोखरा प्रथम लेखनाथ खास्टेताल महोत्सव सुरु

 

पोखराको खास्टे सहितका तीन वटा तालको प्रबद्र्धन गर्न बिहीबार देखि पोखरा २६ साविक लेखनाथमा प्रथम खास्टे ताल महोत्सब २०७७ सुरु भएको छ ।
खास्टे, न्यूरेनी र गुंदे तालको प्रबद्र्धन गरी स्थानिय उत्पादनको समेत प्रबद्र्धन गर्ने उद्देश्यले यही चैत २२ गतेसम्म संचालन हुने उत्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्दै यस्ता महोत्सवले तालको समेत संरक्षणमा टेवा पुग्ने बताए ।
लेखनाथका बेगनास र रुपाताल बाहेक अन्य ५ वटा तालहरुको खासै प्रचार प्रसार कमी भएकोले अब प्रदेश सरकारले सात तालको हबको रुपमा विकास गर्न खोजेको उनले जनाए । ताल संरक्षणमा स्थानिय जागरुक हुन आवश्यक भएको बताएका मुख्यमन्त्री गुरुङले जग्गा दाताले नै ताल संरक्षणमा अगुवाई गर्न आग्रह गरे । सांसद एवं पूर्व मन्त्री खगराज अधिकारीले तालहरुको एकिकृत ढंगबाट संरक्षण एवं प्रबद्र्धन गर्नु पर्ने बताए । पूर्व सभामुख तारानाथ रानाभाटले पोखराको पहिचान तालहरुको नगरी भएकोले ताल संरक्षणमा सवैको ध्यान केन्द्रित हुनु पर्ने बताए । कागेंस नेता एवं पुर्व मन्त्री यज्ञ बहादुर थापाले तालको प्रबद्र्धन गर्न महोत्सवले धेरै सहयोग पुग्ने विश्वास व्यत्त गरे । कार्यक्रम संयोजक हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकीका सांसद दीपक कोइराला, जिल्ला समन्वय समितिका प्रमुख बयन बहादुर क्षेत्री, पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसी लगायतले वोलेका थिए । लेखनाथ खास्टेताल महोत्सव जाऔं, प्रकृति र संस्कृतिमा रमाऔं भन्ने नाराका साथ आयोजना हुने उत्त महोत्सवमा १ सय वटा विभिन्न व्यापारीक स्टलहरु रहेको कार्यक्रम संयोजक अधिकारीले बताए । उक्त महोत्सवमा करिब एक करोड मुल्य बराबरको कारोवार गर्ने लक्ष्य राखिएको उनले जनाए । खाद्य, लत्ता कपडा, फेन्सि, जुुत्ता चम्पल लगायतका एक सय वटा स्टल रहने भएको छ भने महोत्सवमा स्थानिय जातका माछा र ताल सम्बधि जानकारी गराउने स्टलहरु रहेको भएको संयोजक अधिकारीले बताए । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले कोरोनाको कारण मेला, महोत्सव सभा, सम्मेलन, जमघट नगर्न गरेको निर्देशन पश्चात आफुहरुले स्थानिय प्रशासनको सहकार्यमा स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै महोत्सव सुरु गरिएको अधिकारीले जनाए ।
खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको आयोजनामा संचालन हुने महोत्सव सम्पन्न गर्न ९७ लाख ५० हजार खर्च लाग्ने संयोजक अधिकारीले बताए । उत्त महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरी एक लाख बचत गर्ने समितिले लक्ष्य राखेको संयोजक अधिकारीले जनाए । खरानीफाँटमा करिब ७ सय ३२ जना खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थामा आबद्ध भई सहकारी मोडलबाट ताल संरक्षण सहित माछा प्रबद्र्धन गर्दै आएको उनले जनाए । राष्ट्रिय संगितकर्मि संघ कास्की र खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको सहकार्यमा हुन लागेको महोत्सवमा नेपालका चर्चित गायक ,गायिकाको प्रस्तुति समेत रहने भएको समितिका सचिव ईश्वरी प्रसाद अधिकारीले बताए । सुरताल एइभेन्ट प्रा.लि. र पोखरा महानगरपालिका १४ को व्यबस्थापनमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबद्र्धनमा उत्त महोत्सव सुरु भएको मिडिया संयोजक भिमपाणि बरालले जनाए ।
खास्टेताल २ सय ६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने सय हेक्टर क्षेत्रफल पानीले ढाकिएको अबस्थामा रहेको छ । त्यसै गरी खास्टेसंगै जोडिएको अर्को ताल न्यूरिनी ताल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने १० हेक्टर क्षेत्रफल पानीले ढाकिएको भाग रहेको समितिले जनाएको छ । खास्टे ताल भन्दा करिब ५ सय मिटर टाडाको दुरीमा रहेको गुंदे ताल भने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने २० हेक्टर क्षेत्रफल मात्र पानीले ढाकिएको अबस्थामा रहेको छ । पोखरामा हाल साविक लेखनाथमा ७ सहित ९ वटा ताल रहेका छन्। उत्त तालहरु रामसार सुचिमा सुचिकृत भएका छन् ।

प्रतिकृया दिनुहोस्