Pokharapatra National Daily

पोखरामा हुने लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी वान नेपालको नवौं महाधिवेसनको तयारी अन्तिम चरणमा

यही चैत १४ गते पोखरामा हुने लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी वान नेपालको नवौं महाधिवेसन (कन्भेन्सन) को तयारी अन्तिम चरणमा पुगेको छ ।
लायन्स क्लव अफ पोखरा माछापुच्छे् भिलेजको संयोजनमा हुने महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नवौं डिष्ट्रिक्ट कन्भेन्सन, आयोजक समितिका कन्भेनर (संयोजक) शिवराज आचार्यले बताए ।
नवौं कन्भेन्सनको अवसरमा विभिन्न कार्यक्रम समेत हुने भएको संयोजक आचार्यले जनाए । कार्यक्रमको पूर्व सन्ध्यामा काठमाण्डौंबाट पोखरासम्म कार ¥याली हुने भएको उनले जनाए । त्यसै गरी पोखराका ९ वटा चोकमा सरसफाई हुने, चैत १४ गते पोखराको चिप्लेढुंगाबाट बाजागाँजा सहितको —याली समेत प्रदर्शन हुने भएको संयोजक आचार्यले बताए । साथै चैत १४ गते पोखरा प्रदर्शनी केन्द्रमा खुल्ला रत्तंदान कार्यक्रम समेत हुने भएको भिलेजका पूर्व अध्यक्ष शोभाकान्त पौडेलले बताए । पोखराको नयाँबजार स्थित प्रर्दशनीमा केन्द्रमा हुने उत्त महाधिवेसनमा १६ जिल्लाका करिब ४ हजार जना लायनहरु सहभागि हुने भएको क्लवले जनाएको छ । डिष्ट्रिक्ट गर्भनर मन बहादुर रोकाले लायन्स क्लवले विगतका बर्ष देखि नेपालमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराउदै आएको दाबी गरे । आफुहरुले नेपालमा संकलन गरेको शुल्क भन्दा बढी रकम नेपालमा विभिन्न क्षेत्रमा सहयोग प्राप्त भएको उनको भनाई थियो । यस पटक कोरोनाले गर्दा प्रभावित भएको पोखराको पर्यटन क्षेत्रलाई थोरै भए पनि रहात हुने उद्धेश्यले पोखरामा उत्त महाधिवेसन गर्न लागिएको गर्भनर रोकाले बताए । भूकम्पको कारण प्रभावित भएका नेपालमा लायन्स क्लवले १८ वटा बिद्यालय निर्माणमा सहयोग गरेको उनले जनाए । त्यसै गरी क्लवले अढाउ अभियान अन्र्तगत (लायन्स शिक्षा कोष) बाट यस बर्ष ४ सय ९० जना बिद्यार्थीहरुलाई छात्राबृत्ति समेत वितरण गर्ने भएको पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए । उनका अनुसार २ सय ८० जना लायनका स्मृति तथा केहीको सम्मानमा स्थापना भएको उत्त कोषमा हाल २ करोड ६१ लाख रहेको छ । यस बर्ष करिब ३५ लाख बराबरको छात्रबृत्ति वितरण हुने भएको आचार्यले जनाए । न्यूनतम ५० हजार देखि ५ लाख ५५ हजारसम्मको अक्षयकोष स्थापना भएको बताएका पूर्व डिष्ट्रिक्ट गभर्नर आचार्यले बताए । ४ हजार ५ सय देखि ४५ हजारसम्मको छात्रबृत्ति वितरण गरीने भएको उनले जनाए ।
नेपालमा अझै पनि ३६ प्रतिशत बालबालिकाहरु गरिबीको रेखा मुनि रहेकोले लायन्सले अढाउ अभियान संचालन गरेको आचार्यले जनाए । कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य, फष्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्यको उमेदवारी परेको लायन्स क्लवले जनाएको छ । यसै सन्दर्भमा लायन्स अन्तराष्ट्रिय डाइरेक्टरका लागि बालकृष्ण बुर्लाकोटीले क्लवको सहकार्यमा उमेदवारी दिने भएका हुन्। उत्त कार्यक्रम सफल पार्न २८ वटा उपसमितिहरु समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्