Pokharapatra National Daily

तनहुँ र लमजुङमा विवेकशील साझा पार्टीको जिल्ला समिति घोषणा

 

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले तनहुँ र लमजुङमा जिल्ला समिति घोषणा गरेको छ ।
शनिबार दमौली बजारमा एक भेलाको आयोजना गरी सामाजिक अभियानकर्मी सागर घिमिरेको संयोजकत्वमा १४ सदस्यीय तनहुँ जिल्ला समिति घोषणा गरीएको हो । सो समितिको सहसंयोजकमा नगेन्द्र शर्मा ढुंगाना चयन भएका छन् । यसैगरी, सदस्यहरुमा अविद मिश्र, उत्सव अधिकारी, भानु चापागाई, कपिल ढकाल, कृष्ण थापा, आकाश खनाल, कमल थापा, पुर्णकला पौडेल, सुशिला कैनी, दीपेन्द्र थापा, विमल केसी र भूमिका बराल आचार्य चयन भएका छन् । त्यसै गरी विवेकशील साझा पार्टी गण्डकी प्रदेशले शनिबार नै लमजुङस्थित बेसीशहरमा एक भेलाको आयोजना गरी युवा नेता तुलसीराम गुरुङको संयोजकत्वमा ८ सदस्यीय लमजुङ जिल्ला समिति घोषणा गरेको छ । सो समितिको सहसंयोजकमा मुनिन्द्र थापा चयन भएका छन् । यसैगरी सदस्यहरूमा डण्ड पाण्डे, तीर्थ गुरुङ, यशोदा दनाइ, विधुर अधिकारी, सन्तोष क्षेत्री र सम्बीद गुरुङ रहेका छन् ।
बिहान र अपरान्हगरी दुई फरक समयमा एकै दिन शनिबार नै आयोजित दुवै कार्यक्रममा विवेकशील साझा पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवाल, गण्डकी प्रदेशका संयोजक महेश भण्डारी, सचिवालय सदस्य सुमित्रा गुरुङ, केन्द्रीय सदस्यहरू सुशीला केसी अधिकारी, रजनी केसी, रोशनी अधिकारी, समुन्द्र केसी, सरोज गौतम, पवित्रा थापा, आशुतोष प्रधान, अर्जुनप्रसाद खनाल, चिरन्जीवी बराल, गण्डकी प्रदेश सदस्य भोला शर्मा, पार्टीका पुराना सदस्यहरु रमेश चिलुवाल र मनकाजी गुरुङ लगायतका नेताहरूले नवघोषित समितिहरुलाई शुभकामना तथा बधाइ सन्देश दिएका थिए ।
विवेकशील साझा पार्टी गण्डकी प्रदेशले यसअघि नवलपुर, कास्की र बागलुङ जिल्लाको समायोजन र बिस्तारलाई गरेको थियो भने चाँडै नै स्याङ्जा, गोरखा, पर्वत लगायतका जिल्लामा समायोजन र बिस्तार गर्ने तयारीमा छ ।

प्रतिकृया दिनुहोस्