Pokharapatra National Daily

प्रदेश सदस्य सचिव गुरुङ सम्मानित

पोखरा चेम्बर अफ कमर्स कास्कीले गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मान गरेको छ ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डवल संघका उपाध्यक्ष, पुतपूर्व खेलाडी मञ्चका अध्यक्ष पुर्व राष्ट्रिय खेलाडी गुरुङ चेम्बर कास्कीको सल्लाहकार भएकोले हालै प्रदेशको सदस्य सचिवमा नियुक्त भएकोले उहाँको कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिएको चेम्बर कास्कीका अध्यक्ष किसान सुनारले बताए ।
प्रदेश सदस्य सचिव गुरुङलाई नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठले प्रशंसापत्रको साथमा दोसला ओढायर सम्मान गरेको महासचिव उमराज बास्तोलाले बताए ।
उत्त अवसरमा पोखरा लामाचौरको विन्ध्यवासिनी चिउरा उद्योगका संचालक गोविन्द थापा, संस्थाका सचिवालय सदस्य रवीबहादुर विकलाई प्रेसिडेन्टल अवार्ड, पोखरा च्याम्बर अफ कमर्स उत्तरी क्षेत्र इकाई, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट कार्य समिति सदस्य सम्मान, महिला चेम्बर अफ कमर्स कास्कीलाई उत्कृष्ट विभाग समिति सम्मान, संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने सचिव प्रेमप्रसाद सुवेदी र राजश्व परामर्श समितिका सदस्य इन्द्रप्रसाद भुवाई (राजु) लगायतलाई सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्