Pokharapatra National Daily

हिमाल आरोही पूर्णिमा श्रेष्ठ अन्नपूर्ण एक हिमाल आरोहण गर्दै

हिमाल आरोही पूर्णिमा श्रेष्ठले अन्नपूर्ण एक हिमाल आरोहण गर्ने भएकी छन् ।
गोर्खाको आरुघाट गाउँपालिका ९ स्थित आरुटारकी फोटो पत्रकार समेत रहेकी हिमाल आरोही श्रेष्ठले आफ्नो प्रदेशमा रहेको अन्नपूर्ण एकमा हालसम्म नेपाली महिलाले उक्त हिमाल आरोहण नगरेको हुँदा आफुले उत्त हिमाल चढ्ने अठोटका साथ हिमाल आरोहणको यात्रामा निस्केको बताइन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण एक हिमालको उचाई ८ हजार ९१ मिटरको रहेको छ भने उत्त हिमाल आरोहण गर्न श्रेष्ठ सहित उनको टिममा अन्य १६ जना विदेशी पर्यटकहरु समेत रहेको उनले जनाइन् । एभरेष्ट म्याराथनको फोटो खिच्न सगरमाथा वेस क्याम्पमा सन् २०१६ मा पुगेकी हिमाल आरोही श्रेष्ठले विश्वको उच्च शिखर सगरमाथाको देशमा भएर पनि हिमालसंगको आफ्नो व्यत्तिगत तष्विर नभएकोमा गर्दा हिमाल आरोहणको सपना देखेसंगै एक बर्ष पछि सन २०१७ मा ८ हजार १ सय ६३ मिटरको मनासुलु हिमाल सफल आरोहण गरिन् । सन २०१८ मा उनले विश्वको शिखर सगरमाथाको समेत सफल आरोहण गरेकी छन भने सन २०१९ मा खुम्बुमा रहेको ६ हजार ८ सय १२ मिटर उचाइको आमा दब्लम को समेत सफल हिमाल आरोहण गरेकी छन् ।
विश्वकै दशौं अग्लो हिमालमा पर्ने अन्नपूर्ण एक हिमाल आरोहण गर्दा धेरै कठिन हुने हुदा उनको हिमाल आरोहणमा सेभेन समिट ट्रेक्स मार्फत हिमाल आरोहणको यात्रा पुरा गर्ने लक्ष्य राखेकी छन् । उत्त हिमाल आरोहण गर्न करिब एक महिना लाग्ने भएको उनी बताउछिन् । यसैबिच हिमाल आरोही श्रेष्ठको उत्त अभियानलाई गण्डकी प्रदेश सरकार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, विभिन्न व्यत्ति तथा संघ संस्थाहरुले समेत सहयोग गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले एक समारोहका बिच शुक्रबार हिमाल आरोही श्रेष्ठलाई खादा तथा माला एवं अविर लगाउदै सफल आरोहणको शुभकामना व्यक्त गर्दैै नेपालको राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री गुरुङले प्रदेशको ८ हजार मिटर माथिको हिमाल चढ्ने सहास गर्ने महिला श्रेष्ठलाई ८ लाख दिने र उनको सफल आरोहण भए पश्चात पोखरा फर्किए लगत्तै पोखरामा रथ यात्रा समेत गराउने बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले समेत हिमाल आरोही श्रेष्ठको अभियानलाई सफल पार्न ५ लाख रुपैया सहयोग गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्