Pokharapatra National Daily

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको दुरुपयोग गरेः युवा नेता थापा

नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भत्काउन चाहेको आरोप लगाएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारीमा नेपाल तरुणदल भीरकोट नगर समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता थापाले प्रधानमन्त्री बरालिएको संज्ञा दिएका हुन् ।
प्रधानमन्त्री ओलीको मति र गति ठिक नभएको आरोप लगाउदै संविधान भत्काउने खेलमा लागेको आरोप थापाको थियो । दुईतिहाई मत दिएर नेकपाको सरकार चलाउन दिएको म्याण्डेड नेकपा भित्रकै किचलोका कारण देशलाई दुर्घट्नामा धकेल्ने प्रधानमन्त्री ओली संसदमा छलफल नहोस भन्ने चाहाना रहेको थापाले जिकिर गरे । देशलाई समाल्ने जिम्मेवारी फेरी काँग्रेसको काधमा आएको भन्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले कम्युनिष्टहरु निर्वाचन गराउन नसक्ने भएकाले अब चुनावी सरकार काँग्रेसकै नेतृत्वमा हुने बताए । आफ्नै पार्टीका नेता प्रचण्ड र माधव नेपाललाई हेप्दा—हेप्दा दुस्साहस बढेर संविधान र संसदलाई हेप्न थालेको थापाको भनाई छ । आफैले सनकका भरमा भङ्ग गरेको संसद अदालतले व्युताईदिए पनि संसदमा छलफल गर्न नसक्ने प्रधानमन्त्रीलाई अब घर पठाउने दिन आएको थापाले बताए । संवैधानिक आयोग ओली आयोग भएको जिकिर गर्दै निर्वाचन आयोग र अख्तियार आयोग स्वतन्त्ररुपले काम गर्न सक्ने वातावरणमा बन्देज लगाउने प्रधानमन्त्री ओली आफुलाई शासक भएको देखाउन चाहेको थापाले बताए ।
देशलाई मागेर खाने अबस्थामा यो सरकारले पु¥याएको बताउदै अब काँग्रेसले मागेर होइन कारोवार गर्ने देश बनाउने थापाले दावी गरे । जनताको शासक बन्ने प्रधानमन्त्री हाम्रो देशले खोजेको होइन नेता थापाले भने,‘जनता सगँ डराउने प्रधानमन्त्री देशले चाहेको हो शासक होइन ।’ सनक चल्यो भन्यो जे पनि गर्न खोज्ने प्रधधानमन्त्रीलाई अब घर पठाउने हो थापाले भने । लामो समय प्रधानमन्त्री ओली प्रति लक्षित राखेर गाली गरेका थापाले माओवादी केन्दं्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाललाई पनि कटाक्ष प्रयोग गरे । आफैभित्र भगबण्डा मिलाउन नसकेर देशलाई दुर्घट्नामा धकेल्ने दुई नेताले पनि जिम्मेवारी लिनुपर्ने जिकिर गरे । राष्ट्रपति विद्यादेवी भण्डारी देशको राष्ट्रपति नभएको बताउदै थापाले राष्ट्रपति केपी गुटको प्रवक्ता भएको बताए । राष्ट्रपति देशको अभिभावक हो थापाले भने,‘बरालिएका प्रधानमन्त्रीले जे पठायो त्यही सदर गरिदिने भण्डारीलाई कसरी राष्ट्रपति मान्ने ।’ देशलाई संकट निम्ताउने राष्ट्रपतिको अदुरदर्शीता पनि देशका घातक हो उनले भने ।
कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंङ बस्नेतले देशलाई संकट पर्दा तरुणदलले काध थाप्ने गरेको बताए । कोरोना संक्रमणका बेला सरकारले जनताको समस्या र आवश्यकता भन्दा पनि कसरी भष्ट्रचार गर्न सकिन्छ भन्ने तर्फ लागेको आरोप बस्नेतको थियो । काँग्रेस इतिहास बोकेको पाटी भएकाले जब—जब मुलुकमा अफठ्यारो पर्छ काँग्रेसले नेतृत्व लिएर समालेको इतिहास सम्झदै बस्नेतले फेरी संकटमा परेको मुलुकलाई काँग्रेसले सम्हाल्ने दिन आएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, संविधानसभाका सदस्य राजु थापा, पुर्व पाटी सभापति शंकर पाण्डे, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, महासमिति सदस्य भोजराज अर्याल, नेपाल विद्यार्थी संघका महामन्त्रीद्धय बलदेव तिमिल्सिना, युवराज पाण्डे, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, तरुणदल क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसी, महेश भट्टराई, कुमबहादुर गुरुङ र जिल्ला सदस्य तारा अर्याल लगायतका बक्ताहरुले गुट उपगुटको राजनीतिबाट काँग्रेस बाहिर निस्केर कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताएका थिए ।
तरुणदल भीरकोट नगर समितिका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रसुन मगर र प्रविन विक्रम खाँणले गरेका थिए भने धन्यवाद नेपाली काँग्रेस भीरकोट नगर सभापति तोयनाथ अर्यालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्