Pokharapatra National Daily

लेक सिटीका विद्यार्थी गाउँफर्क विद्यालयमा

सामाजिक कार्य दिवसको अवसरमा आँफु जस्तै विद्यार्थीहरुलाइ खाजा र स्टेशनरी सामाग्री प्रदान गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटन स्थित लेक सिटी कलेज एण्ड रिसर्च सेण्टर विए प्रथम वर्षमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुले सो सामाग्री प्रदान गरेका हुन् । रुपा गाउँपालिका–५ फेदी स्थित गाउँफर्क प्राथमिक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाइ खाजा वितरण गर्दै सामाजिक कार्यका विद्यार्थी गित गाउँदै नृत्य समेत प्रस्तुत गरे । कार्यक्रममा चकलेट दौड पनि गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बसौलाले पोखरावाट आइ आफ्नै खाजा कटाएर संकलन रकमले सहयोग गर्नु उत्तम कार्य भएको चर्चा गरे । सामाजिक कार्य अध्यापन गराउने रोशनी कुवँरले दिवसको अवसरमा विद्यार्थीहरुले सम्पुर्ण कार्यको व्यवस्थापन आँफैले गर्नु नै सामाजिक कार्यको झल्को आएको भनिन् ।
सो कार्यक्रममा विद्यार्थी सन्तोष सुनार र प्रतिमा पौडेलले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्