Pokharapatra National Daily

विवेकशील साझाको जिल्ला र पोखरा महानगरमा समायोजन

वैकल्पिक पार्टीको रुपमा रहेका २ दल साझा पार्टी र विवेकशील नेपाली दलबीच गत मंसिरमा एकीकरण भयो । विवेकशील साझा पार्टी स्थापना भयो । विवेकशील साझा पार्टीको एकता कार्यविधि अनुसार यतिखेर देशभरका प्रदेश, जिल्ला र नगरहरूमा समायोजन र बिस्तारका काम भइरहेका छन् ।
गत फागुणको पहिलो हप्ता गण्डकी प्रदेश समितिको समायोजन भयो । समायोजन पश्चात गण्डकीका ११ वटै जिल्लामा समायोजन तथा विस्तार कार्यलाई अगाडि बढाइरहेको विवेकशील साझा पार्टी गण्डकी प्रदेश समितिले जनाएको छ । फागुणको दोस्रो साता नवलपुर जिल्ला कार्यसमितको समायोजन भयो । गत हप्ता बागलुङमा नयाँ जिल्ला समिति विस्तार भयो ।
यसबीच विवेकशील साझा पार्टी गण्डकी प्रदेशले पोखरामा आइतबार एक भेलाको आयोजना गरी कास्की जिल्ला र पोखरा महानगरको कार्यसमिति समयोजन गरेको छ । साविक दुवै दलका जिल्ला र महानगर समितिको संयुक्त बैठकले सिफारिस गरेको आधारमा कार्य समितिलाई भेलामा घोषणा गरिएको हो ।
कास्कीको समायोजित कार्यसमितिको संयोजकमा फणिन्द्र अधिकारी र सहसंयोजकमा जयन्ती मोक्तान चयन भएकी छन् । संयोजक अधिकारी यसअघि पार्टीका जिल्ला कार्यसमिति सदस्य तथा प्रशिक्षण विभाग प्रमुख हुन् भने सहसंयोजक मोक्तान युथ कम्युनिटी क्लबकी उपाध्यक्ष तथा सामाजिक संस्थामा अगुवाइ गरेकी युवा उद्यमी हुन् । समायोजन पश्चात् विवेकशील साझा पार्टीको कास्की जिल्ला समिति १७ सदस्यीय बनेको छ । सदस्यहरूमा दीलिप न्यौपाने, डा. कृष्ण पोखरेल, फडिन्द्रमोहन कँडेल, विश्व पौडेल, तिलक खत्री, डुण्डीराज ज्ञवाली, रामबहादुर थापा, कल्पना आचार्य, चन्द्रज्योति ढुंगाना, सोमनाथ ढुंगाना, पदम निरौला, सिताराम लामा, अशोक लामा, राज पौडेल, र ईश्वर चालिसे रहेका छन् । यसैगरी सो भेलाले पोखरा महानगर समिति पनि घोषणा गरेको छ । पोखरा महानगरको संयाजकमा युवा उद्यमी अजय श्रेष्ठलाई मनोनित गरेको छ ।
सदस्यहरूमा पुष्पा गुरुङ्ग, सरोज भण्डारी, उर्मिला लामिछाने, राजकुमार लामा, मोहम्मद इफरान खान, विजय पौडेल, कृष्ण श्रेष्ठ, दिलीप त्रिपाठी, गोविन्द पौडेल, सूर्य पौडेल, अशिष बास्तोला, बुद्धिमान श्रेष्ठ र आनन्द लामिछाने रहेका छन् । नवसमायोजित समितिको पहिलो बैठकले सहसंयोजकको बारेमा निर्णय गर्ने बताइएको छ ।
घोषणा सभालाई विशेष सम्बोधन गर्दै विवेकशील साझा पार्टीका सचिवालय सदस्य निर्देश सिलवालले बागमति प्रदेशपछि वैकल्पिक राजनीतिको उर्बर भूमि गण्डकी प्रदेश भएको उल्लेख गर्दै पार्टी घोषणा भएको छोटो अवधिमा सहभागी निर्वाचनमा जनताले प्रादेशिक पार्टीको स्थान दिलाएको स्मरण गराए ।
कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य सुमित्रा गुरुङ, केन्द्रीय सदस्यहरू विकलप्रसाद शेरचन, अर्जुनप्रसाद खनाल, गण्डकी प्रदेशको सहसंयोजक जमुना शर्मा र साविक साझा पार्टीका संस्थापक महानगर संयोजक मनकाजी गुरुङ, प्रदेश समिति सदस्य सुदीप ओझा लगायतका नेताहरूले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्