Pokharapatra National Daily

तेज बहादुर गुरुङ गण्डकी प्रदेशको सदस्य सचिवमा नियुत्त

तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुत्त भएका छन् । गुरुङलाई गण्डकी प्रदेश सरकारले आगामी ४ बर्षीय कार्यकालको लागि सदस्य सचिवमा नियुत्त गरेको हो ।
आइतबार बसेको क्याविनेट बैठकले उत्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले यही फागुन २६ गतेसम्मको लागि एक हप्ताको समय सिमा राखेर प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तोकिएको योग्यता पुगेका इच्छुक उमेदवारको निवेदन दिन आव्हान गरेकोमा गुरुङ र पूर्व भलिवल खेलाडी एवं पर्यटन व्यवसायी नवराज अधिकारी गरी दुई जनाको मात्र आवेदन परेको थियो ।
सदस्य सचिव छनौटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेको थियो । समितीको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका थिए । समितिले सदस्य सचिवको लागि गत फागुन २६ गते नै प्रदेश सरकार समक्ष सिफारिस गरेको समितिका सदस्य गुरुङले जनाए । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष समेत रहेका गुरुङ ह्याण्डवल खेलका पूर्व राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक समेत रहेका गुरुङले ७ बुंदे आफ्नो कार्ययोजना सहित आवेदन दिएका थिए । २०१९ असोज २५ गते पोखरा १६ स्थित अर्मलाडाँडामा जन्मेका गुरुङ २०४० सालमा पोखरामा भएको बृहत खेलकुदमा ह्याण्डवलमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । हाल पोखरा १ भिमकालीपाटन बस्दै आएका गुरुङ मित्र राष्ट्र जोड्नमा सन् १९८८ मा भएको चौथो एसियन च्याम्पियनशिप सहभागि भएका थिए भने ४ बर्षसम्म नेपाली ह्याण्डवलको कप्तान सम्हालेका थिए । २६ वटा राष्ट भ्रमण गरेका गुरुङले राखेपबाट ९ बर्ष प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। अगेंजी र राजनैतिक शास्त्रमा त्रिभुवन विश्व बिद्यालयबाट स्नातक तह (बि.ए.) उत्तीर्ण गरेका गुरुङले सन १९८५÷०८६ मा डिप्लोमा कोर्षमा स्वर्ण पदक हात पार्ने पहिलो नेपाली हुन् । गुरुङ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पूर्व कोषाध्यक्ष, पोखरा रंगशाला पर्खाल निर्माण समितिको सचिव लगायतका धेरै संघ संस्थामा आबद्ध भएका छन् ।
उत्कृष्ट खेलाडी उत्पादनमा जोड जसमा ७ वटा कार्यक्रमहरु पेश गरेका गुरुङले सवैको लागि खेलकुदमा ६ वटा कार्यक्रम समेटेका छन् । त्यसै गरी शिक्षा र खेलकुदमा ५ कार्यक्रम, श्रोत परिचालन जसमा ६ कार्यक्रम, सुसासन, क्षमता अभिबृद्धि र पूर्वाधार निर्माण जस्ता कार्यक्रमहरु आफ्नो कार्ययोजनामा पेश गरेको पूर्व राष्ट्रिय खेलाडी गुरुङले जनाए । गाँउ पर्यटन प्रबद्र्दन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्व क्षेत्रिय स्तरका भलिवल खेलाडी अधिकारीले ३० बुंदे आफ्नो भावी कार्ययोजना समेत मन्त्रालयमा सदस्य सचिव पदको लागि आवेदन दिएका थिए । संघीय मोडल अनुसार पहिलो पटक प्रदेश खेलकुद परिषदको स्थापना हुन लागेको हो जसको सदस्य सचिव आवेदन परेका मध्य प्रदेश सरकारले उचित व्यत्तिको नियुत्ति गरेसंगै अन्य सदस्य पुनः नियुत्त हुने भएको छ ।

प्रतिकृया दिनुहोस्