Pokharapatra National Daily

हिमालय क्लव बाटुलेचौरद्धारा लहरे बालीका बिरुवा तिवरण

हिमालय क्लव पोखरा १६, बाटुलेचौरले बिहीबार एक कार्यक्रमको आयोजना गरी क्लवका आजीवन सदस्यहरुलाई लहरे बालीका बिरुवा वितरण गरेको छ ।
क्लवका सल्लाहकार ताराप्रसाद तिमिल्सिनालाई लहरे बालीका बिरुवा प्रदान गरी क्लवका मानार्थ सदस्य एवं कृषि विज्ञ बेनीबहादुर बस्नेतले कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा क्लवका दुइसय पचास जना आजीवन सदस्यहरुलाई आठसय बिरुवा वितरण गरिएको थियो ।
क्लव कार्यसमितिका सदस्य एवं कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष मोहनबहादुर थापा, पोखरा महानगरपालिका वडा नं. १६ कृषि संजालका अध्यक्ष सुवास अधिकारी, क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सचिव प्रकाश थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्