Pokharapatra National Daily

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएका छन् ।
भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको बुधबार पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गरे ।
समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले आफ्नो छुट्टै विशेषता भएको एमाले एकिकरण हुनु ठुलो घात भएको उल्लेख गर्दै माओबादीबाट एमाले बलत्कृत हुनु परेको दाबी गरेका हुन् ।
सवै भन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले पार्टी एकिकरण गर्दा एमाले वलत्कृत हुनु परेको जनाउदै अब सर्वोच्च अदालतको फैसलाले पूर्ववत पार्टीहरु व्यूतिएकोले एमाले अब वलत्कृत हुनबाट बच्ने जनाए । उनले भने “कम्युनिष्ट पार्टी भए पनि सवै भन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो, एमाले भित्र लोकतान्त्रिक जुन आचरण थियो, आफ्नो मौलिकता, आफ्नो भर्जिनिटी तर पार्टी एकता हुदा एमाले वलत्कृत हुनु पर्यो ।” नेकपा एमालेले संसारका कम्युनिष्टहरुलाई संस्कार सिकाई राखेको दाबी गरेका मुख्यमन्त्री गुरुङले सर्वोच्चको अन्तिम फैसलाले पुराना पार्टी पूर्ववत रुपमा व्यूतियकोले एमाले अब वलत्कृत हुनबाट बचेको जनाए । दुई पार्टीहरु भौतिक रुपमा एकता भए पनि वैचारिक रुपमा एकता हुन नसकेको हुदा हाल पार्टीमा बिबाद उत्पन्नद भएको उनको दाबी थियो । गलत सम्झौताबाट एमाले हाल मुत्त भएको उनले बताए ।
कम्यूनिष्ट पार्टी बिबाजित भएसंगै अब दुई वटा दुई भन्दा बढी दलहरु मिलेर सरकार बन्ने मुख्यमन्त्री गु्रुङले जनाए । दुई पार्टी एकिकरण भए पश्चात निर्वाचित सांसद बिद्या भट्टराई लगायतका सूर्य चिन्हबाटै निर्वाचित भएकोले गर्दा एमाले तर्फ हुने आफुहरुले दाबी गरेको उनले जनाए । नेकपा गण्डकी प्रदेश इन्चार्ज हुदा आफुले बैठक र छलफल गर्न खोज्दा पार्टीलाई खेलाई राख्ने गरेको पूर्व माओबादी नेतालाई उनले आरोप लगाए । एमालेको नेतृत्वमा ७ प्रदेश मध्य ६ वटा प्रदेशमा एमाले कै नेतृत्वमा सरकार बन्ने बलियो आधार भएको मुख्यमन्त्री गुरुङले जनाए ।
नेपाली राजनीतिक नयाँ कोर्षमा फर्किएकोले अब पुनः सिराबाट सुरु गर्नु पर्ने संगठन विस्तारमा अब लाग्ने उनले जनाए । संघिय सासन प्रणालीमा अझै पनि समस्या रहेको जग्गा प्राप्ती गर्दा स्थानिय, प्रदेश हुदै संघि सरकारसंग पुग्नु पर्ने समस्या रहेको उनको गुनासो छ । तीन तहका सरकार बिच अझै समन्वय र सहकार्य हुन नसक्दा अपेक्षा अनुसार काम गर्न नसकिएको मुख्यमन्त्री गुरुङले जनाए । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीले देशको विसम परिस्थितीमा उचित निर्णय गरी आफुहरुको साख जोगाउनु पर्ने समय आएको उनको भनाई थियो ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले महानगरको आर्थिक विकास र समृद्धिमा आफुहरु कटिवद्ध भएर लागेको बताए । पोखरा महानगरका उपमेयर मन्जुदेवि ग्ुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कागेंस सचेतक एवं पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, महानगरका सचेतक पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, प्रवत्ता एवं पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, महानगरका प्रमुख प्रशासक महेश बराल, कर्मचारीका नेता शिव बराल, अमिर भण्डारी लगायतले पोखरा आधुनिक र प्रविधि मैत्रि बनाउन सवैको साथ र सयहोग आवश्यक भएकोमा जोड दिए ।
यस अघि पोखरा महानगरपालिका कार्यालय अघि बाट सुरु भएको प्रभातफेरी कार्यक्रम न्यूरोड, सभागृहचोक, पृथ्बीचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो । महानगरले बुधबार शिक्षा र स्वास्थ्य बाहेक अन्य सेवाको लागि सार्वजनिक विदा दिएको थियो ।

प्रतिकृया दिनुहोस्