Pokharapatra National Daily

महिलाहरू आयआर्जनसँग जोडिनु पर्छ– उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले महिलाहरू संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आय आर्जनतर्पm लाग्नुपर्ने बताएकी छन् ।
१११ औं अन्तर्रािष्ट्रय नारी दिवसको अवसरमा मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रममा उनले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिइन । राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन ।
गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उनले कानूनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राखिन । संवैधानिक अधिकार प्राप्त भएपनि महिलाहरू राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औल्याइन । मस्र्याङयादी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले महिला सशक्तिकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिइन । गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष राममाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वेशिसहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रवित्रा रानामगर,नेकपाका धनसिंङ तामाङ, नेकाका कृष्णबहादुर गुरुङ, हिरादेवी घले लगायतले मुलुकको समृद्धिका लागि महिलाको भूमिका माथि प्रकाश पारेका थिए । नारी पुरुष सरावरी सधैभरी बरावरी, लैङिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा लेखिएका प्लेकार्ड सहितको गाउँपालिकाका छुट्टछुट्टै स्थानबाट निस्केको महिला ¥याली भुलभुलेस्थित सभा हलमा सभामा परिणत भएको थियो । सो अवसरमा रेडियो मस्र्याङको मञ्जरी नाट्य समूहद्वारा चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्