Pokharapatra National Daily

विश्व नारी दिवसको अवसरमा कन्या क्याम्पसमा सचेतना कार्यक्रम

१११ औं विश्वनारी दिवसको अवसरमा कन्या क्याम्पसका छात्राहरुलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहयोगमा छात्राहरुका लागि यौन जन्य हिंसा तथा जबरजस्ती करणी सम्बन्धि जानकारी तथा आत्मरक्षामूलक सचेतना कार्यक्रम आयोजना गरिएको थियो । क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्तमान समयमा नारीप्रति बढ्दै गएको हिंसाको सचेतना गराउन उक्त कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमका श्रोत व्यक्ति तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चोनु गुरुङ्गले महिला हिंसाको बारेमा जानकारी दिनुका साथै कानुनी प्रावधानहरुका बारेमा समेत प्रस्तुती गरेका थिए ।
छात्राहरुले प्रहरी प्रशासनका बारेमा राखेका जिज्ञासाहरुलाई समेत स्पष्ट पार्दै हिंसा हुनु अगाडि अपनाउनु पर्ने सतर्कताका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवानहरुबाट आत्म रक्षाका सम्बन्धमा अभिनय गर्नुका साथै छात्राहरुले अभ्यास गरेका थिए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, सहायक प्राध्यापकप्रति पाण्डे, दिननाथ अधिकारी लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए भने उक्त कार्यक्रमलाई प्र.ना.नि. होतबहादुर रोकाले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्