Pokharapatra National Daily

ऋणमा डुबेकी एकल महिला बोलेरो गाडी हाक्दै आफ्नै उद्योगका सामान बिक्री गर्दै पोखरामा

इच्छा शत्ति भए सायद यो दुनियामा जे पनि सम्भव छ । इच्छा शत्तिसंगै आफ्नो निरन्तर प्रयास र धैयतालाई कायम गर्न सके ढिलो चाढो सफलता हासिल गर्न सकिन्छ । आज भन्दा करिब १० बर्ष अघि करिब ९ लाखको ऋण भार त्यस माथि श्रीमानले अर्को श्रीमती लियर हिडेको जो अबस्थामा हिम्मत र सहासले दुधे बालकलाई काखमा च्यापेर मजदुरी गर्न घरबाट निस्केकी महिला आज पोखरामा वा वा पाउन सफल भएकी छन् ।
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका ३ फुजेलकी ३० वर्षीया पम्फा ढकाल आज एकल महिलाको मात्र होइन समग्र महिलाहरुकै एक उदाहरणयि पात्र बन्न सफल भएकी छन् । कुनै समयमा गाडीको हेल्परको रुपमा काम थालेकी देवकोटा आफ्नो दृण इच्छा शत्ति र सत्यको बाटोमा हिड्दा आज वुलेरो गाडी हाक्ने र दीप आइसक्रिम उद्योगबाट उत्पादित दुध जन्य बस्तुहरु पोखराका पसल पसलमा पुराउन पाउदा निकै खुसि छन् । कुनै समयमा काली केटीको उपमा पाएकी देवकोटा हाल सहासिक महिला उद्यमीको रुपमा आफुलाई स्थापित गरेकी छन् । प्लस टु अध्ययन गर्न पोखरा आएकी देवकोटा आफ्ना आफन्तकै झुट आश्वासनले बैवाहिक जीवनमा बाधिए पनि आफन्तको बढी विश्वासमा परेर विवाह हुँदा विगत ९ बर्षदेखि हाल एकल महिलाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी हुन् । कक्षा ११ मा अध्ययनकै क्रममा आफन्तबाट विवाहको प्रस्ताव आएसंगै झुटा आश्वासन दिदै विवाह गराएसंगै उनको पारिवारीक जीवन मुस्किलले ४ बर्ष चल्दा नचल्दै एक बर्षको बाबु काखमा छँदा श्रीमानबाट बिछोड भएकी देवकोटा हाल वावुको पालन पोषणको लागि ज्यालामजदुरी गर्दै हाल एक उद्योगको संचालक हुनुको साथै आफ्नो उद्योगमा उत्पादन भएका खाद्य बस्तु पोखरा क्षेत्रका पसल पसलमा वुलेर गाडी मार्फत पुराउदै आएकी छन् । ९ बर्ष अघि आफ्नो श्रीमानले एक कम्पनीसंग गरेको कारोवार विगारेर श्रीमान टाडिएसंगै उनले सम्हालेको ऋणको जिम्मा लियर दुधे बालक बोकेर मजदुरी गर्न घर बाहिर निस्केकी थिइन् ।
विगत ९ बर्ष अघि करिब ९ लाखको ऋणको भार त्यस माति दुधे बालकको पालन पोषण गर्ने जिम्मा पुरा गर्न बजारमा हेल्परको रुपमा मजदुरी सुरु गर्दै अघि बढ्दा उनले विगत ३ बर्ष देखि आफ्नो छुट्टै उद्योग स्थापन गर्न सफल भईन् । जब उनी दुधे वालकलाई लिएर मजदुरी गर्न निस्कीन त्यस समय देखि उनकी ठुली आमाका छोरा रामचन्द्र अधिकारीले देवकोटालाई समाजमा केही गर्न प्रेरणा मात्र दिएनन जब उद्योग नै संचालन गर्ने भए पश्चात उत्त उद्योगमा लगानी समेत गरेर साथ दिदै आएका छन् । देवकोटा र अधिकारीको परिवार सहित हाल उत्त उद्योगले ६ जनालाई रोजगार दिदै आएको छ । सिजनको पेशा भएकोले गर्दा गर्मी मौसममा भने उनीहरुलाई भ्याई नभ्याई हुने गर्दछन । देवकोटाको १० बर्षको छोरा हाल कक्षा ४ मा अध्ययनरत छन भने उनका श्रीमानसंग सम्बन्ध विच्छेद भए पनि हाल कानूनि रुपमा भने कुनै सम्बन्ध विच्छेद भने भएको छैन्। श्रीमानले अर्काे बिबाह गरे पनि आफ्नो छोराको भविश्यको लागि आफुले भने अर्को बिबाह नगर्ने सोचमा पुगेको उनी बताए छिन् । हरेक परिवार मिलनमा दुबैको उत्तिकै हात हुने बताएकी देवकोटाले श्रीमानले लिएर डिलरसिपमा केही व्यवहार विर्गेसंगै फोनबाटै घर आउदीन भनेर निस्केका उनका श्रीमान घरमा नआई बाहिर बाहिर हुर्दै अर्को विबाह गरेर हाल विदेशमा रोजगारको लागि पुगेका छन् । पछिल्लो समयमा महिलाहरुलाई केही गर्न चाहेमा वडादेखि पालिकासम्म महिलाहरुको सहभगिताले व्यवसायीक उत्थानको लागि केही न केही राहत तथा सहुलियत प्राप्त हुने उनको भनाई छ । आफु जस्ता धेरै महिलाहरुले घर परिवार र श्रीमानबाट दुःख पाएको कुरा सुनाउने गरेको बताएकी देवकोटाले पहिला जागिरेको रुपमा काम गर्दा काली केटी भनेर सम्बोधन गर्नेहरु हिजोआज आफ्नै गाडीमा आफ्नै उद्योगका सामानहरु लियर जादा साहुजि भन्ने उपमा दिने गरेको सुनाइन्। हाल उनीसंगै उनका दाजुको लगानीमा संचालनमा आएको उद्योग पोखराको बुढीबजारमा रहेको छ । जागिरे जिवन र आफ्नो व्यवसाय गर्दा धेरै फरक हुने बताएकी ढकालले दुध र दुधजन्य बस्तुहरु अति नै सम्बेदनशिल हुने हुदा गाडी चालक विना उत्त कुराको असमर्थ भएकोले त्यसको लागि आफु नै चालकको भूमिकामा समेत उत्र्तिएको सुनाइन् । उनको उद्योगमा दुध र दुध जन्य बस्तु जस्तै चोकोवार, कुल्फी, हाइसक्रिम, पनिर लगायतका बस्तु बिक्रि हुने गरेको छ । उद्योगमा दैनिक जसो करिब एक सय लिटर दुध खपत हुने गरेको देवकोटा बताउछिन् । उनको बजार क्षेत्र विस्तारकै क्रममा रहेको छ हाल पोखरा तनहुँ, स्याङ्जा लगायत बागलुङसम्म विस्तार भएको छ । वुलेरो गाडीमा आइसक्रिम र दुधजन्य बस्तु लिएर जादा अनि आम उपभोत्ताले दिप आइसक्रिम मिठो मानेर खाने गरेको देख्दा र सुन्दा आफुलाई निकै हर्स लागेको उनी बताउछिन् ।

प्रतिकृया दिनुहोस्