Pokharapatra National Daily

लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित सभालाई सम्वोधन गदै उनले विपतका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनिय रहेको वताउदै, निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै गुनासो गरे । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन‘ मुख्यमन्त्री गुरुङले भने– ‘राज्यलाई आवस्यक परेको वेला सेवा नदिने अस्पताल के काम ।”
उनले तीन तहको सरकार विच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने वताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत बताए । फरक प्रसङ्गमा नेकपा ओली समुहका नेता समेत रहेका मुख्यमन्त्री गुरुङले वर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिती आएको बताए । उहाँले जनतावाट तिरस्कृत भएकाहरुले पार्टी र सरकार चलाउन खोजेको र त्यो कार्य पुरा हुनै नसक्ने पनि स्पष्ट पारे । सासद जगत विश्वकर्माले परिवर्तन सगसगै जनताले विकास र समृद्विको अनुभव गर्न पाएको बताए । उनले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आफ्नो प्रयास जारी राख्ने वचन दिए । पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पुष्पा केसी भण्डारी, समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, वैकुण्ठ पौडेल, सदस्य दुर्गा वस्नेत लगायतले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको वताउदै, नयाँ भवन निर्माणसगै स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न सकिने वताएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङ, सासद जगत विश्वकर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, पुष्पा केसी भण्डारीले चौकी निर्माणमा जग्गादान गर्ने जग्गादाताहरु स्व. भीमप्रसाद पौडेल र टंकनाथ पौडेलका प्रतिनिधी भोलानाथ पौडेल, स्व. दयासागर पौडेलका प्रतिनिधी सरला पौडेल, स्व. लिलानाथ पौडेलका छोरा नारायण पौडेल, जग्गादाता हिरादेवी पौडेल, तुलसीदेवी पौडेल र सोमराज गरुङ सहित स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेका थिए । साविक पुरुन्चौर गाविसका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाइ मुख्यमन्त्री गुरुङले व्लड प्रेसर जाच गर्ने सामाग्री पनि हस्तान्तरण गरे । यसअघि पहिलो पटक घार्मी पुग्नु भएका मुख्यमन्त्री गुरुङ, सहितका अतिथीलाई स्थानियले वाजागाजा सहित स्वागत गरेका थिए ।
संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ४३ लाख रुपँैयाको लागतमा निर्माण सम्पन्न भएकोे जनाईएको छ । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । उक्त चौकीवाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए । उक्त स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानिय युवा क्लवको भवनवाट शुरु गरिएको थियो भने पछि तत्कालिन जिल्ला विकास समितिको सहयोगमा सामान्य जस्तापाताको टहरो वनाई सेवालाई निरन्तरता दिईएको थियो । पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण भई सहज रुपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका छन् ।

प्रतिकृया दिनुहोस्