Pokharapatra National Daily

कन्यामा सहकार्यात्मक शिक्षणबिधि सम्बन्धी गोष्टी

पोखराको नदीपुरमा रहेको कन्या क्याम्पसले दुइ दिने सहकार्यात्मक शिक्षण बिधि सम्बन्धी गोष्टी गरेको छ ।
आइतबारदेखि सुरु भएकोउक्त तालिममा स्मार्ट हबका निर्देशक अजय रेग्मीले सहजीकरण गरेका छन् । उनलेइ–लर्निङ्गको महत्व, असल शिक्षकमा हुनुपर्ने गुणहरु, शिक्षकको भूमिका , विधार्थीको कार्य विवरण र विशेषता बिषयमा सहजीकरण गरे । उनले शिक्षणका पद्धति, कक्षाकोआन्तरिक वातावरण तथा विद्यार्थीकोक्षमता विश्लेषण बारे जानकारी गराएका थिए । शिक्षणको क्रममा आवश्यक पर्ने जिकसअ बिधि, थिंक शेरपियर पद्धती, माईड म्याप बिधि लगायतका बिषयमा प्रयोगात्मक शैलीमा उनले कार्यशाला संचालन गरेका थिए ।
त्यसैगरी कन्या क्याम्पस संचालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले यस्ता कार्यशालाले प्राध्यापकहरुको शिक्षण क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरुको मनोभावना बुझ्न सहयोगी भूमिका खेल्नेमा जोड दिए ।
क्याम्पसका प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसका प्राध्यापकहरुको शिक्षणशैली समय अनुसार परिस्कृत बनाउन उक्त कार्यशालाको आयोजना गरिएको बताए । शिक्षणशैलीको विकाससंगै सूचना र प्रबिधिको ज्ञान अपरिहार्य रहेको उनकोभनाइ छ । उक्त तालिममा क्याम्पसका २० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्