Pokharapatra National Daily

मुद्रण उद्योग संघ कास्कीमा किरण श्रेष्ठ

मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवशेनबाट अध्यक्षमा रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ (किरण) सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणी बास्तोला, प्रथम उपाध्यक्षमा गोर्खाली अफसेट प्रेसका जिवन गोर्खाली, द्वितीय उपाध्यक्षमा दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिवमा फिस्टेल पब्लिकेशन प्रा.लि.का रामप्रसाद भुर्तेल, सचिवमा ग्राफिक सोलुशनका राजन कुमाल, कोषाध्यक्षमा ओजन अफसेट प्रेसका प्रकाशराज पौडेल र सह–कोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ, सदस्यहरुमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफसेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अफसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखानाका गुरुदत्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरा–२२, कालावाङमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतमले प्रिन्ट प्याक सफ्टवयर खोली उद्घाटन गरेका थिए । उनले मुद्रण व्यवसायीहरुका समस्या र समाधानका विकल्प राज्यका सरोकारवाला निकायलाई पोख्दा पोख्दै पनि राज्यले गुनासो नसुनेको अवस्थामा अब देशभरी मुद्रण व्यवसायीलाई एकवद्धता गराई संघर्षका कार्यक्रम गर्ने बताए । सरकारलाई किताब मात्र ज्ञान होइन, कम्प्युटर, इमेल इन्टरनेटलगायत पढ्नको लागि प्रयोग हुने सम्पूर्ण सामान ज्ञानका सामाग्री भएको जानकारी गराए । ‘कितावलाई ज्ञानको क्षेत्र भनेर अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएर नेपाल ल्याएका कितावलाई लाग्ने कर हटाइएको छ र तर अन्तराष्ट्रिय बजारबाट किताव छपाउनको ल्याइने कच्चा मेटरियलमा कर लगाइएको छ यसले गर्दा विचौलियालाई सरकारले पोस्ने काम ग¥यो । करोडौं लगानी गर्ने व्यवसायीहरुलाई धरापमा पार्ने काम बन्द गरि मुद्रणमैत्री कानुन बनाउन समेत सरकारलाई आग्रह गर्दछु ।’ उनले भने ।
मुदण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले कास्कीका मुद्रण व्यवसायीहरुको हक हितको लागि अग्रसर भई ३ वर्षे कार्य जिम्मा पुरा गर्न सहयोग गर्ने व्यवसायी र संस्थाका सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गरेका थिए भने मुद्रण डायरी, मुद्रण व्यवसायको लागि हिसाव गर्न मिल्ने प्रिन्ट प्याक सफ्टवयरको विकास, अभिलेख राख्न मिल्ने क्याल्कुलेशन मेनुअल डायरी प्रकाशन लगायत धेरै कामहरु आफ्नो कार्यकालमा गरेको बताए । साधारणसभा कार्यक्रममा पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, जीवन गोर्खालीले महासचिवको प्रतिवेदन र बसन्त बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाल मुद्रण उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, अतिथिहरु नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष सिताराम शाह, महासचिव युवराज श्रेष्ठ, मुद्रण संघ रुपन्देहीका पूर्व अध्यक्ष कृष्णप्रसाद पराजुली, मुद्रण संघ काठमाण्डौंका अध्यक्ष धननारायण श्रेष्ठ (घनश्याम), मुद्रण उद्योग संघ झक्तपुरका सदस्य विशाल खतिवडा, नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमया र संस्थाका साधारण सदस्य मगन कम्प्युटरका सञ्चालक मगन श्रेष्ठ, श्रीनगर स्टोर्सका सञ्चालक राजु वैद्य, संस्थाका सल्लाहकार कृष्णप्रसाद ढुंगाना र कालावाङ होमस्टेका अध्यक्ष प्रकाश गुरुङले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका महासचिव जिवन गोर्खालीले सञ्चालन गरेको प्रथम सत्रको कार्यक्रममा उपाध्यक्ष गिरबहादुर श्रेष्ठ किरणले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले कास्कीमा सञ्चालन रहेका मुद्रण व्यवसायीहरुको बृद्धि, विकास र आइपर्ने समस्या समाधानको लागि जुनसुकै समयमा पनि लागि पर्ने जानकारी गराए ।

प्रतिकृया दिनुहोस्