Pokharapatra National Daily

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको आठौं वार्षिकोत्सव सम्मान तथा छलफल कार्यक्रम

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजनामा नेपाल सुनचाँदी व्यवसायी महासंघको आठौं वार्षिकोत्सव सम्मान तथा छलफल कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिसोर गौतमको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि महासंघका निर्वतमान अध्यक्ष मोहन कुमार सुनारले सरकारले दिएको कोटा प्राणालीको सुनले व्यवसायीहरुको माग धान्न सकिरहेको छैन । व्यवसायीहरु अव सटर लगाएर सडकमा आउन लागेका छन् । छिटो भन्दा छिटो व्यवसायीहरुको माग सम्बोधन गरी सुनको कोटा बढाउन वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्नु हुदंै सदस्यता र स्थानका आधारमा विवरण गर्दा सबै व्यवसायीहरुकोमा पुग्ने छ । जो ठूला र विदेश गर गहना निर्यात गर्ने व्यवसायीहरु आयत गर्न दिनका लागि नियमावली बनेको छ र त्यसलाई कार्यान्वयन गर्न माग गरेका छन् उनले बताए ।
विशेष अतिथि महासंघका उपाध्यक्ष निर्मल विश्वकर्माले कोरोनाका कारण व्यवसायी बल्ल व्यापारमा फर्किदा सुन अभाव भएको छ । यसको समाधान गर्न सबै लाग्नुपर्ने बताए । त्यसैगरी महासंघका उपाध्यक्ष दुर्गा बहादुर सुनारले हिजोदेखि गरगहना क्षेत्रमा लागेका व्यवसायी सरकारको अनुदार नितिका कारण तहसनहस हुन पुगेको बताए । गण्डकी प्रदेशका सभापति चन्द्र किसोर गौतमले प्रदेशको निर्वाचन पछि प्रदेशका सदस्यहरुको हितमा काम गर्दै आएको र अव व्यवसायीको लागि काचो सुनको अभाव सृजना भएकोले प्रदेश उद्योग पर्यटन वाणिज्य वन मन्त्री माननीय विकास लम्साललाई यस बारेमा ज्ञापन पत्र बुझाई सकिएको छ । र छिट्टै समस्याको सम्वोधन हुने बताए । अव व्यवसायी र कालीगढहरु विभिन्न प्रकारका प्रशिक्षण दिन सक्षम बनाउदै लाने छौं । गुणस्तरीय गरगहना उत्पादन विक्री वितरणको निर्देशिका छिटो भन्दा छिटो पारित गर्नुपर्ने कालीगढ उत्पादन र शिप विकासको लागि समाजिक विकास मन्त्री माननीय नरदेवी पुनलाई भेटी अवधारणा बुझाएको जनाकारी गराए । अव व्यवसायका हकहितका लागि रहने पनि बताए ।
मन्तव्यका क्रममा महासंघका सचिव केश बहादुर सुनार कास्की जिल्ला अध्यक्ष राजेशमा बुद्धाचार्य, लमजुङ जिल्ला अध्यक्ष देवबहादुर वि.क., बागलुङ जिल्ला अध्यक्ष युवाराज राजभण्डारी, कास्कीका महासचिव तारा गौतम, तनहु उपाध्यक्ष विकास वि.क., दुर्गा सुनार, सन्तोष सुनार लगायतले आफ्नो धारणा राखेका थिए ।
सोही कार्यक्रममा महासंघको तेस्रो अधिवेशनबाट केन्द्रीय पदमा निर्वाचित हुने उपाध्यक्ष दुर्गाबहादुर सुनार, निर्मल विश्वकर्मा, सचिवमा केशबहादुर सुनार, बाबुराम विश्वकर्मा साथै सदस्यमा मनकाजी विश्वकर्मा, सुदेशचन्द्र राजभण्डारी, निर्मल दियाली, तेजबहादुर सुनार, कृष्ण सुनार, राजेन्द्र विश्वकर्मा, अमर घताने, भीम रुपा संकर, गोविन्द सुनार, कास्की का.स.का निर्वाचित कार्य समितिलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिव रविन विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति जिवन कुमार विश्वकर्माले गरेका थिए ।
यसै गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको ८ औं वार्षिकोत्सवमा महासंघको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा सन्तोष सुनार र जूना सुनारलाई मनोनीत गरिएको छ । उनीहरु दुवैजना कास्कीका व्यवसायी हुन् । त्यसैगरी कास्कीकै हरि धमला, विमलमान गुभाजु र लोकेश सुनार तथा म्याग्दीका कमल विश्वकर्मा र लमजुङका बमबहादुर विश्वकर्मा आमन्त्रित सदस्य मनोनीत भएका छन् ।

प्रतिकृया दिनुहोस्