Pokharapatra National Daily

सरकार र विप्लवबीच ऐतिहासिक सहमति

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच औपचारिक वार्ता भएको दुई दिनमा सहमति भएको छ । यो सहमतिसँगै आफ्ना राजनीतिक माग राखेर हिंसात्मक आन्दोलन गदै आएको ‘समूह’ शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । विकास र समृद्धिको लक्ष्य लिएर अगाडि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै राजनीतिक शक्तिलाई मुलधारमा ल्याएका छन । करिब दुई बर्षअघि मधेशमा अलगावादी राजनीतिक नेतृत्व गरिरहेको डा.सीके राउत नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा ओली सरकारले नै ल्याएको थियो । अहिले डा.राउत तराईका जिल्लाहरुमा केन्द्रित शान्तिपूर्ण राजनीतिमा लागेका छन ।
पूर्व माओवादीकै विरासत बोकेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड बाबुराम वास्तविक जनवादी शक्ति नभएको भन्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व आफुले गर्ने दावी गदै आएका थिए । प्रचण्डमा जनताका समस्या समाधान गर्ने प्राथमिकता नभएको भन्दै भूमिगत राजनीति गरेका थिए । विकृती विसंगतीका बिरुद्ध राजनीतिक माग राखेर शान्तिपूर्ण आन्दोलन र प्रतिस्पर्धाको राजनीति गर्नु स्वभाविकै हो । प्रचण्डद्धारा जनयुद्धताका जनताप्रति गरिएका वाचाहरुलाई रछ्यानमा मिल्काइएका छन् कतै विप्लवले शान्तिपूर्ण र सवैधानिक दायराभित्रै बसेर जनताका पक्षमा प्रगतिशील राजनीति गर्छन कि भन्ने डर प्रचण्डमा देखिन्छ ।
प्रधानमन्त्री ओलीले पद सम्हालेदेखि नै सवै खालका अग्रवादी, हिंसात्मक र अतिवादी समुहलाई शान्तिपुर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आव्हान गरेका थिए । त्यसै अन्तर्गत डा.राउत अलक मधेशको विखण्डकारी राजनीति छोडेर मुलधारको राजनीतिमा आए । अहिले विप्लव पनि हिंसाको बाटो छोडेर शान्तिपूर्ण प्रतिस्पर्धाकै राजनीतिमा आउन राजी भए । देशलाई एकिकृत राख्ने राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने र देशका विभिन्न सम्प्रादायिक समुदायबीच बलियो एकता कायम गर्ने कामको नेतृत्व प्रधानमन्त्री ओलीले गदै आएका छन । विखण्डनको राजनीति छोडेर राउत मुलधारमा आउनु र हिंसाको राजनीति छोडेर जनजीविकाको पक्षमा पुन शान्तिपुर्ण राजनीतिमा विप्लव समुह आउनु त्यसैको परिणाम हो । राष्ट्रियता र कम्युनिस्ट आन्दोलनलाई कमजोर हुन नदिन गरिएको सहमति जुटाउने सबैलाई बधाई छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...