Pokharapatra National Daily

सरकार र विप्लवबीच ऐतिहासिक सहमति

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच औपचारिक वार्ता भएको दुई दिनमा सहमति भएको छ । यो सहमतिसँगै आफ्ना राजनीतिक माग राखेर हिंसात्मक आन्दोलन गदै आएको ‘समूह’ शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । विकास र समृद्धिको लक्ष्य लिएर अगाडि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै राजनीतिक शक्तिलाई मुलधारमा ल्याएका छन । करिब दुई बर्षअघि मधेशमा अलगावादी राजनीतिक नेतृत्व गरिरहेको डा.सीके राउत नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा ओली सरकारले नै ल्याएको थियो । अहिले डा.राउत तराईका जिल्लाहरुमा केन्द्रित शान्तिपूर्ण राजनीतिमा लागेका छन ।
पूर्व माओवादीकै विरासत बोकेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड बाबुराम वास्तविक जनवादी शक्ति नभएको भन्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व आफुले गर्ने दावी गदै आएका थिए । प्रचण्डमा जनताका समस्या समाधान गर्ने प्राथमिकता नभएको भन्दै भूमिगत राजनीति गरेका थिए । विकृती विसंगतीका बिरुद्ध राजनीतिक माग राखेर शान्तिपूर्ण आन्दोलन र प्रतिस्पर्धाको राजनीति गर्नु स्वभाविकै हो । प्रचण्डद्धारा जनयुद्धताका जनताप्रति गरिएका वाचाहरुलाई रछ्यानमा मिल्काइएका छन् कतै विप्लवले शान्तिपूर्ण र सवैधानिक दायराभित्रै बसेर जनताका पक्षमा प्रगतिशील राजनीति गर्छन कि भन्ने डर प्रचण्डमा देखिन्छ ।
प्रधानमन्त्री ओलीले पद सम्हालेदेखि नै सवै खालका अग्रवादी, हिंसात्मक र अतिवादी समुहलाई शान्तिपुर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आव्हान गरेका थिए । त्यसै अन्तर्गत डा.राउत अलक मधेशको विखण्डकारी राजनीति छोडेर मुलधारको राजनीतिमा आए । अहिले विप्लव पनि हिंसाको बाटो छोडेर शान्तिपूर्ण प्रतिस्पर्धाकै राजनीतिमा आउन राजी भए । देशलाई एकिकृत राख्ने राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने र देशका विभिन्न सम्प्रादायिक समुदायबीच बलियो एकता कायम गर्ने कामको नेतृत्व प्रधानमन्त्री ओलीले गदै आएका छन । विखण्डनको राजनीति छोडेर राउत मुलधारमा आउनु र हिंसाको राजनीति छोडेर जनजीविकाको पक्षमा पुन शान्तिपुर्ण राजनीतिमा विप्लव समुह आउनु त्यसैको परिणाम हो । राष्ट्रियता र कम्युनिस्ट आन्दोलनलाई कमजोर हुन नदिन गरिएको सहमति जुटाउने सबैलाई बधाई छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...