Pokharapatra National Daily

कवि कल्पनाको चुल्ठो गृह जिल्लामा परिचर्चा

कवि कल्पना चिलुवालको कविता संग्रह चुल्ठोको परिचर्चा कार्यक्रम बुधवार सम्पन्न भयो ।
बेला पब्लिकेशनले प्रकाशन गरेको संग्रह कवि चिलुवालले आफ्नो गृहजिल्लामा पहिलो पटक चर्चा परिचर्चा गरेकी हुन । साहित्यकार तथा गण्डकी साहित्य संगम पोखराका अध्यक्ष डा. कृष्णराज अधिकारीले नामका मात्र कविता धेरै लेखिएपनि वास्तविक कविता कम लेखिने गरेको पाइन्छ भने । विचार र कलामा पनि बोक्रा र गुदीको जस्तो सम्बन्ध हुनु पर्ने डा अधिकारीले धारणा राखे । कवितामा परम्परागत विचारको चिरफार गरी वर्तमान समय अनुसार चल्नु पर्ने धारणा डा. अधिकारीले वताए ।
कविता संग्रहमा चुल्ठो र अछुत पृथ्वी शिर्षकले मनै पगालेको डा अधिकारीले भने । कवि सरस्वती प्रतिक्षाले कवि रिसाह भएको संज्ञा दिंदै कविताले सवैप्रति अन्याका विरुद्ध एक जुट हुनुपर्ने हरेक हरफको भाव रहेको भनिन् । इन्द्रेणीमा सातै रंग भनेजस्तै कवि कल्पनाको कविता संग्रहमा पनि सातै रगं मिसिएको अनुभुति हुने प्रतिक्षाले वताइन । सरल कविका थथार्त भावले ओतप्रोत भएको चुल्ठो संग्रहले समाजमा नयाँ तरङ्ग ल्याउने प्रतिक्षाले दवी गरिन् । ५६ वटा कविता समेटिएको चुल्ठो संग्रहका रचनाकार कल्पना चिलुवालले पोखरालाइ साहित्यको राजधानी बनाउने संग्रहहरुले ठूलो सहयोग पुग्ने भनिन् ।
कितावले मानिसको भावनासंग जोडिएका विषयहरु चित्रण गर्न खाजेको कवि चिलुवालले वताइन् । त्यसैगरी कार्यक्रममा सुमिनाले सहित्यमा विगत र भविष्यको चित्र कोर्न सक्नुपर्ने धारणा राखिन् । वर्तमान समयमा जनताले भोगेका विषयहरु कवितामा चिर्न खोजीएको सुमिनाले भनिन् ।

प्रतिकृया दिनुहोस्