Pokharapatra National Daily

मृगौला रोगीको पिडामा मलाम लगाउँदै बि १३ युकेका पोखरेली

जीवनमा जे काम गरिन्छ त्यसमा रमाउन सक्नुपर्छ । काममा सन्तुष्टि र विचारमा शुद्धता नै वास्तवमा सफलता हो । जीवनमा एक अर्काको सेवाले नै सवै भन्दा बढि आत्मसन्तुष्टी मिल्दछ ।
एक अर्काविच सहयोगी भावन राख्नु पर्छ । यिनै भावनाले ओतप्रोत भएका बि १३ युकेका सदस्यहरुबाट संकलित एक लाख १३ हजार आठसय वडा नं १३ निवासी मिने सार्कीलाइ प्रदान गरेका छन् । दुवै मृगौला खराव भएपछि सत्य युवा क्लवका अध्यक्ष सुरेन गुरुङ मार्फत बैकमा जम्मा गरेको भौचर प्रदान गरेका हुन् । कैलाश टोलमा अस्थायी बसोबास गर्दै आएका ३७ वर्षिय मिने सार्कीको गत चैत वाट मृगौलाले काम गर्न छोडेपछि परिवारलाइ चिन्तामा डुवाएको छ । एक वर्ष पहिला पूर्वतिरको गाइघाट होटलमा कामको शिलशिलामा जाँदा स्वास्थ्यमा समस्या आएपछि धरान अस्पतालमा उपचार गर्ने क्रममा मृगौलाले काम गर्न छाडेको मिनवहादुरले थाहा पाए । उपचारको क्रममा भौतारिहँदै हिड्दा पोखराको चरक अस्पतालमा पुगे पछि हाल सोही अस्पतालमा निःशुल्क डायलासिस गरिराखेका छन् । मजदुरी गरी आफ्नो परिवार पलिरहेका मिनवहादुर आँफै थलपरेपछि परिवारको समेत विचल्ली पर्दै गएको छ । अर्काको दुःखमा लामो समय देखि सहयोग मात्र हैन चराएको घाउमा मलामा लगाउन बि १३ युकेका सदस्यहरु समाजमा अग्रपंत्तिमा देखिन्छन् । नेपालमा बाढि पहिरो, गरिवका हरेक पिडा र कोभिड १९ मा देखा परेका हरेक समस्यामा सहयोग गर्दै आएको छ बि १३ युके । सत्य युवा क्लव मार्फत बाँझापाटन देखी पिडा परेका नेपालीहरुलाइ सहयोग गर्दै आएको अध्यक्ष सुरेन गुरुङले भने । पोखरा १३ तथा आसपासका गतिविधिमा मिने सार्कीको भिडियो हेरेपछि युकेका भाइहरुलाइ मन थाम्न गाह्रो भएपछि चराएको घाउमा मलाम लगाउने उद्देश्यले केही रकम संकलन गरी वडा १३ कै मिनेलाइ सहयोग गरेका अध्यक्ष सुरेनले वताए । सोही दिन बि १३ अमेरीकाका सदस्य हेमन्त साहीले १५ हजार, बि १३ हङकङका रमेश गुरुङ र भोज गुरुङले विस हजार प्रदान गरेका रकमको भौचर मिनेलाइ सुरेनले प्रदान गरे । पोखरा १३ तथा आसपास गथिविधिका संचालक कुमार केसीले मिने बचाउ अभियान अन्तर्गत आज सम्म तीन लाख एक हजार एकसय ८१ रुपैयाँ संकलन भएको पोखरापत्रलाइ वतए ।

प्रतिकृया दिनुहोस्