Pokharapatra National Daily

संगम टोल विकास संस्थाकाको गेट उद्घाटन

बाटोमा कुनै पनि खाल्डा खुल्डी अव देख्न पाइने छ्रैन् । विकाशको पूर्वधार भनेको बाटो भएकोले वडा १३ मा खाल्डा भयोकी पुर्ने अभियानमा हामी लागि सकिएको वडा अध्यक्ष दर्शन लामाले बताए ।
संगम टोल विकास संस्थाको गेट उद्घाटन कार्यक्रममा सोमवार अध्यक्ष लामाले सो वचन वद्धता दिएका हुन् । सोही गेटको उद्घाटन गर्दे सासंद तथा पूर्व स्वस्थ्य मन्त्री खगराज अधिकारीले वाटो र वाटोमा जोडिएका पुल नै पहिलो प्राथमिकता भएको चर्चा गरे । वडा १३ नमुना वडा भएको भन्दै अधिकारीले कोत्रेदेखि पोखरासम्म आइपुग्दा वडा १३ र १४ भित्र पर्ने बाटो निकट भविष्यमा नै ६ लेनको बन्ने भने । वडा नं १३ का गहनाको रुपमा रहेको कमलपोखरी ताललाई संरक्षण गर्नुपर्नेमा आँफु लागि परेको सासंद अधिकारीले वताए । निर्वाचित भएदेखि आज सम्म जनताविच नङ र मासुको सम्बन्ध भइरहेको अध्यक्ष लामाले वताए । वडा १३ का जनतालाइ निकट भविष्यमा खानेपानीको सहज हुने अध्यक्ष लामाले जानकारी गराए ।
विभिन्न संघसंस्था, स्थानीयवासी र समाजसेवीहरुको सहयोगमा गेट निर्माण गरिएको हो । ७७ हजार लागतमा गेट निर्माण भएको संस्थाका अध्यक्ष धर्मराज पौडेलले वताए । अध्यक्ष पौडेलले मुक्तक वाचन गरेर उपस्थित सवैलाइ मन्त्रमुग्ध पारेका थिए । अध्यधक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सु. दमवहादुर गुरुङले संचालन गरेको कार्यक्रममा आमा समुहकी सचिव तुलसी थापाले स्वागत गरेका थिइन ।

प्रतिकृया दिनुहोस्